Society

ब्रहाकुमारी राजयोगद्वारा शान्ति पदयात्रा

उर्लाबारी । ब्रहाकुमारी राजयोग सेवा केन्द्र उर्लाबारीले परमपिता परमात्मा शिवको ८२ औं त्रिमूर्ति शिव जयन्तीको अवसरमा मंगलबार झण्डोत्तलन तथा शान्ति पदयात्रा कार्यक्रम गरेको छ । समाजमा धार्मिक एकता, सद्भाव र भाइचारा सम्बन्ध कायम गर्नुपर्ने विषयलाई जोड दिँदै आयोजना गरिएको उक्त कार्यक्रममा स्थिरता, विकास र समृद्धिको वक्षमा सबै लाग्नुपर्नेमा सहभागिहरुले जोड दिएका थिए ।

मोरङ क्षेत्र नं। १ का प्रदेश सांसद कुशल लिम्बूको प्रमुख आतिथ्यता तथा ब्रह्माकुमारी मीराको सभापतित्वमा उक्त कार्यक्रम भएको हो । प्रमुख अतिथि लिम्बूले धार्मिक सद्भाब र एकता आजको आवश्यकता भएको बताएका छन् । अब आर्थिक विकासको युग सुरु भएको उल्लेख गर्दै उनले भने–‘ स्थिरता, विकास र समृद्धि आजको आवश्यकता हो ।’
त्यस्तै, विशिष्ठ अतिथि उर्लाबारी नगरपालिकाका प्रमुख खड्गबहादुर फागोले आध्यात्मिक ज्ञानतर्फ समाज अघि बढ्नु पर्नेमा जोड दिएका छन् । समाज रुपान्तरणमा जोड दिँदै उनले धार्मिक विकासमा नगरपालिकाको तर्फबाट सकारात्मक सहयोग गर्ने बताएका छन् । कार्यक्रममा समाजसेबी जयधर्म आचार्य, नेकपा एमाले मोरङका मोर्चा विभाग प्रमुख रुपेश खतिवडा, एमाले नेता मानबहादुर श्रेष्ठ, उर्लाबारी वडा नं। ५ का वडाध्यक्ष भानुभक्त शर्मा पराजुली, वडा नं। ३ का वडाध्यक्ष गन्जबहादुर कार्कीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन महेश ब्रहाकुमारले गरेका थिए ।

February 14, 2018

About Author

Saroj Basnet Journalist from Urlabari, Nepal. He writes on every aspect of Journalism. A multi-talent person. Now editor at MeroUrlabari. He loves football n music.


Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टिम
संस्थापक: राजु लामा
प्रबन्धक निर्देशक: पूर्ण वाइबा
सम्पादक: सरोज बस्नेत
सल्लाहकार: विकास सुब्बा
संरक्षकः उर्लाबारी परिवार हङकङ
प्राविधिक सहयोग : NEPSOL
ABOUT MERO URLABARI

समृद्ध उर्लाबारी निर्माण हाम्रो अभियान

Email : letters@merourlabari.com
Address : Urlabari-2, Morang, Koshi, Nepal