Flash News, Politics

जनताको चाहनाअनुसार वाम एकता हुन्छः कुशल

उर्लाबारी । एमाले र माओबादीबीच चाँडै नै पार्टी एकता हुने नेकपा माओबादी केन्द्रका पोलिटब्यूरो सदस्य तथा प्रदेश सांसद कुशल लिम्बूले बताउनु भएको छ ।

मोरङको मिक्लाजुङमा नेकपा माओबादी केन्द्र मिक्लाजुङले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । आम जनताको चाहनाअनुसार वाम एकता हुने उहाँको दाबी छ ।  जनयुद्धकै जगमा आमूल परिर्वतन भएको उल्लेख गर्दै सत्ताका लागि होइन जनताका अधिकारका लागि पनि पार्टी एकता हुनै पर्ने उहाँको भनाई छ ।

जनताले शान्ति, सुशासन र समृद्धिका लागि ठूलो मौका दिएको उल्लेख गर्दै सांसद लिम्बूले एकताबद्ध भएर जनताको समृद्धिको चाहाना पूरा गर्नुपन बताउनुभयो । पार्टी एकता हुने कुरामा शंका नगर्न पनि कार्यकर्ताहरुलाई उहाँले आग्रह गर्नुभयो । त्यस्तै, एमाले मोरङका सचिवालय सदस्य एबं मोर्चा विभाग प्रमुख रुपेश खतिवडाले जनयुद्धका सकारात्मक र नकारात्मक पक्षहरु रहेको उल्लेख गर्दै देशको परिर्वतनमा जनयुद्धको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुभयो ।

February 14, 2018

About Author

Saroj Basnet Journalist from Urlabari, Nepal. He writes on every aspect of Journalism. A multi-talent person. Now editor at MeroUrlabari. He loves football n music.


Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टिम
संस्थापक: राजु लामा
प्रबन्धक निर्देशक: पूर्ण वाइबा
सम्पादक: सरोज बस्नेत
सल्लाहकार: विकास सुब्बा
संरक्षकः उर्लाबारी परिवार हङकङ
प्राविधिक सहयोग : NEPSOL
ABOUT MERO URLABARI

समृद्ध उर्लाबारी निर्माण हाम्रो अभियान

Email : letters@merourlabari.com
Address : Urlabari-2, Morang, Koshi, Nepal