इटहरी– एमाले प्रदेश १ को संसदीय दलको नेतामा शेरधन राई विजयी भएका छन् । भर्खरै सम्पन्न चुनावमा पार्टी सचिव भीम आचार्यलाई पराजित गर्दै राई संसदीय दलको नेतामा विजयी भएका हुन् ।

५१ सदस्यीय एमाले संसदीय दलमा राईले २६ मत ल्याए भने आचार्यले २४ मत ल्याएका थिए । एक मत बदर भएको थियो । संसदीय दलको नेतामा चयन सँगै प्रदेश १ को मुख्यमन्त्री शेरधन राई बन्ने पक्का भएको छ ।