Entertainment

गायिका सृष्टिको ब्यस्तता (फोटो फिचरसहित)

सानै उमेरदेखि सांगीतिक क्षेत्रमा एउटा छुट्टै नाम स्थापित गर्न सफल गायिका हुन्– सृष्टि हिङमाङ । सृष्टि बाल्यकालदेखि नै संगीतको मोहमा परेकी थिइन् । मोरङ, उर्लाबारी–७, शान्ति टोलकी सृष्टिको जन्म २०५२ साल असार १६ गते भएको हो । बुबा जीवन हिङमाङ तथा आमा मीना हिङमाङकी जेठी सुपुत्री सृष्टि मोफसलमा रहेर संगीतिक क्षेत्रमा भविष्य खोजिरहेका कैयांै प्रतिभामध्ये उनी पनि एक हुन् । सृष्टि २०६३ सालदेखि औपचारिक रूपमा सांगीतिक क्षेत्रमा प्रवेश गरेकी हुन् ।

गैरआवासीय संस्था ट्रेड भिजनको सहयोगमा जारी पहिलो एल्बम ‘पाइला’ मा समावेश गरिएको ‘पूर्व रमाइलो’ गीतले उनलाई गायिकाका रूपमा परिचय दियो । संगीतलाई जीवनको पर्यायका रूपमा लिने सृष्टिले विभिन्न सांगीतिक प्रतियोगिताहरूमा सहभागिता जनाइसकेकी छिन्, जसमध्ये २०६५ सालमा नेपाल टेलिभिजनबाट प्रसारित ‘भ्वाइस अफ टिन’ मा उनी टपटेनमा पर्न सफल भएकी थिइन् । सोही वर्ष सम्पन्न पूर्वाञ्चल लोकगीत प्रतियोगितामा उनी प्रथम भएकी थिइन् । त्यस्तै, नेपाल आइडलमा पनि उनी सहभागी भएकी थिइन् । घरपरिवार अनि संगीत शिक्षिका यशोदा शाक्य र कमला खनाल तथा गायक गौरव दर्पणको प्रेरणाका कारण संगीत क्षेत्रमा लागेको बताउने उनी स्वरसम्राट् स्व.नारायण गोपाल र गायिका अरुणा लामाको स्वर सबैभन्दा बढी मन पर्ने बताउँछिन् । भबिष्यमा सफल गायिका बनेर श्रोताहरूको मन जित्ने लक्ष्य रहेको उनले सुनाइन् ।

February 9, 2018

About Author

Saroj Basnet Journalist from Urlabari, Nepal. He writes on every aspect of Journalism. A multi-talent person. Now editor at MeroUrlabari. He loves football n music.


Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टिम
संस्थापक: राजु लामा
प्रबन्धक निर्देशक: पूर्ण वाइबा
सम्पादक: सरोज बस्नेत
सल्लाहकार: विकास सुब्बा
संरक्षकः उर्लाबारी परिवार हङकङ
प्राविधिक सहयोग : NEPSOL
ABOUT MERO URLABARI

समृद्ध उर्लाबारी निर्माण हाम्रो अभियान

Email : letters@merourlabari.com
Address : Urlabari-2, Morang, Koshi, Nepal