Sports

बेथेलमा खेलकुद सप्ताह सम्पन्न

उर्लाबारीःउर्लाबारी–७ स्थित बेथेल एजुकेशनलय एकाडेमीको शुक्रबार दोस्रो खेलकुद सप्ताह कार्यक्रम सम्पन्न भएको छ ।
उर्लाबारी नगरपालिकाका शिक्षा विभाग प्रमुख अभिकेश सिग्देलको प्रमुख आतिथ्यतामा भएको उक्त खेलकुद सप्ताह कार्यक्रममा विभिन्न खेलमा प्रथम, दोस्रो र तेस्रो हुनेलाई पुरस्कृत गरिएको थियो । २०७१ सालमा स्थापना भएको उक्त विद्यालयले छोटो समयमै स्थापित हुन सफल बनेको भन्दै सहभागीहरुले गुणस्तरीय शिक्षामा जोड दिनु पर्नेमा जोड दिएका छन् । बिद्यालयमा अध्ययरत विद्यार्थीहरुमा भएको प्रतिभा उजार गर्ने उद्देश्यले आयोजना गरिएको सप्ताहमा विभिन्न खेलहरु समावेश गरिएको बिद्यालयका संस्थापक प्रिन्सीपल दिपक न्यौपानेले बताएका छन् ।

खेलकुद सप्ताहअन्तरगत फुटबल, म्यूजिकल चियर, स्लो साइकल रेस, रनिङलगायत खेलहरु भएको उनले जानकारी दिएका छन् । छात्र÷छात्रा दुबै समूहमा उक्त खेलहरु भएका थिए । उक्त खेलहरुमा प्रथम, दोस्रो र तेस्रो हुनेलाई उर्लाबारी नगरपालिकाका शिक्षा विभाग प्रमुख सिग्देल, सञ्चार क्लब नेपालका अध्यक्ष घनश्याम भण्डारी, पूर्वअध्यक्ष जगन्नाथ भट्टराई, नेपाल पत्रकार महासंघ मोरङका सदस्य सरोज बस्नेतलगायतले पुरस्कार वितरण गरेका थिए । कार्यक्रममा गायिका सृष्टि हिङमाङले आफ्ना लोकप्रिय गीतहरुमार्फत सहभागीहरुलाई मनोरञ्जन प्रदान गरेकी थिइन् । अभिभावक संघका अध्यक्ष सुनिल बुढाथोकीको सभापतित्वमा भएको उक्त कार्यक्रममा वविता न्यौपानेले स्वागत मन्तब्य राखेकी थिइन् । बिद्यालयले शिक्षाको अलवा सामाजिक उत्तरदायित्वअन्तरगत सामाजिक सेवा पनि गर्दै आएको छ ।

February 9, 2018

About Author

Saroj Basnet Journalist from Urlabari, Nepal. He writes on every aspect of Journalism. A multi-talent person. Now editor at MeroUrlabari. He loves football n music.


Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टिम
संस्थापक: राजु लामा
प्रबन्धक निर्देशक: पूर्ण वाइबा
सम्पादक: सरोज बस्नेत
सल्लाहकार: विकास सुब्बा
संरक्षकः उर्लाबारी परिवार हङकङ
प्राविधिक सहयोग : NEPSOL
ABOUT MERO URLABARI

समृद्ध उर्लाबारी निर्माण हाम्रो अभियान

Email : letters@merourlabari.com
Address : Urlabari-2, Morang, Koshi, Nepal