Society

जनचाहनाअनुसार काम गर्न जनप्रतिनिधिहरुलाई अनुरोध

उर्लाबारीःग्लोबल युवा क्लब उर्लाबारीले प्रतिनिधिसभा सांसद घनश्याम खतिवडा र प्रदेशसभा सांसद कुशल लिम्बूसँग शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।
शुक्रबार आयोजना गरिएको उक्त कार्यक्रममा क्लबका पदाधिकारीहरुले नवनिर्वाचित सांसद खतिवडा र लिम्बूलाई जनचाहना अनुसार काम गर्न अनुरोध पनि गरेका छन् । कार्यक्रममा प्रतिनिधिसभा सांसद खतिवडाले जनताको चाहनाअनुसार काम गर्ने प्रतिबद्धता जनाएका छन् । विकासका नाममा कसैले राजनीति गर्न नहुने बताउँदै सांसद खतिवडाले भने–‘जस कसले लिने भन्दा पनि विकासले गति लिनु पर्छ ।’ विकासका काम जसले सुरु गरेपनि जनताको हितका लागि हुने भन्दै उनले भने–‘विकासको काम हेर्दैमा कोही आत्तिनु पर्दैन ।’ मोरङ क्षेत्र नं. १ को गुरु योजना बनाएर अघि बढ्ने उनले बताएका छन् । युवाहरुलाई सामाजिक कार्यमा अग्रसर गराउँदै नेतृत्वमा ल्याउनु पर्नेमा उनले जोड दिएका छन् । त्यस्तै, प्रदेश सांसद कुशल लिम्बूले समृद्ध शहर बनाउने अभियानमा सबैसँग हातेमालो गरी अघि बढ्ने बताएका छन् । स्थानीय सरकार, प्रदेश सरकार र केन्द्रीय सरकारबीच सहमति र सहकार्य आवश्यक रहेको उल्लेख गर्दै उनले भने–‘जनतालाई केन्द्रबिन्दुमा राखेर विकासको काम हुन्छ, यसमा कसैले धेरै टाउको दुखाई नगरेहुन्छ ।’
त्यस्तै, उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागोले प्रदेश र प्रतिनिधिसभाका प्रतिनिधिहरुले समन्वय नगरी काम गरे आफूले पनि समन्वय नगर्ने उद्घोष गरेका छन् । कार्यक्रममा विभिन्न सामाजिक अगुवाले उर्लाबारीलाई समृद्ध र नमूना शहर बनाउनु पर्नेमा जोड दिएका थिए । कार्यक्रममा क्लबका अध्यक्ष प्रेम याख्याको सभापतित्व एबं सचिब नेत्र आपागाईंको सञ्चालनमा भएको थियो ।

February 2, 2018

About Author

Saroj Basnet Journalist from Urlabari, Nepal. He writes on every aspect of Journalism. A multi-talent person. Now editor at MeroUrlabari. He loves football n music.


Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टिम
संस्थापक: राजु लामा
प्रबन्धक निर्देशक: पूर्ण वाइबा
सम्पादक: सरोज बस्नेत
सल्लाहकार: विकास सुब्बा
संरक्षकः उर्लाबारी परिवार हङकङ
प्राविधिक सहयोग : NEPSOL
ABOUT MERO URLABARI

समृद्ध उर्लाबारी निर्माण हाम्रो अभियान

Email : letters@merourlabari.com
Address : Urlabari-2, Morang, Koshi, Nepal