Society

१ सय ८० दिनमा ६ लाख राजस्व

मोहन भट्टराई
पथरीःमोरङको पथरीशनिश्चरे नगरपालिका वडा नं. ४ ले १ सय ८० को कार्यदिनमा करिव ६ लाख रुपैयाँ राजस्व संकलन गर्न सफल भएको छ । ४ नं. वडा कार्यालयले विभिन्न सिफारिस, मालपोत, जरिवानालगायत गरी यस अवधिमा ५ लाख ७६ हजार रुपैयाँ राजस्व संकलन गरेको हो ।
वडा कार्यालयद्वारा आयोजित पत्रकार सम्मेलनमा नाता प्रमाणित, नागरिकता सिफारिस, विवाह, जन्म दर्ता, बसाई सराईका साथै विकास निर्माणका क्षेत्रमा उल्लेखनीय कार्य गरेको जानकारी दिइएको हो । नगरपालिकाभरीका अन्य वडा कार्यालयहरु व्यवस्थित हुन नसकिरहेको अवस्थामा चार नं. वडा कार्यालयले भने छोटो अवधिमै उल्लेखनीय कार्य गर्न सफल भएको हो ।
१ सय ८० दिन अर्थात् पुस मसान्तसम्मको कार्यअवधिमा २ सय ७० वटा नागरिकता सिफारिस, १९ वटा नाता प्रमाणित, ३ सय ९८ वटा अन्य सिफारिस, ६० वटा विवाह दर्ता, १२२ वटा जन्म दर्ता, २९ वटा जन्म दर्ता र ५४ वटा बसाई सराई दर्ता गरिएको वडाध्यक्ष गोविन्द भण्डारीले जानकारी दिनुभयो ।
यस्तै, वडा कार्यालय मार्फत् सञ्चालित साना ठूला गरी ५० वटा विकास निर्माणका योजना मध्ये ९० प्रतिशत उपभोक्ता समिति गठन भई सकेको छ । जसमा ५० प्रतिशत योजनाहरु सुचारु भइसकेका छन् भने केही साना योजनाहरु सम्पन्न समेत भएको कार्यालयले जनाएको छ । नगरपालिकाबाट चार नम्बर वडाका विभिन्न शीर्षकमा विनियोजन भएको १ करोड ३४ लाख मध्ये महिला, बालबालिका, अपाङ्ग, जेष्ठ नागरिक, आदिवासी जनजाति, विभिन्न संघसंस्था, बाटो, विजुली, शिक्षा, पैनी, कृषीलगायतका क्षेत्रमा खर्च गर्ने योजना रहेको छ ।
यस अवधिमा वडाध्यक्ष भण्डारीको अगुवाईमा वडा सदस्यहरुसहितको उपस्थितिमा प्राकृतिक विपत्तीमा परेकाहरुलाई राहत वितरणलगायतका मानवीय कार्यहरु पनि गरेको छ । जसमा आगलागिमा परेका कविहाङ लिम्बूलाई रु. १० हजार, विपन्नताका कारण आत्महत्या गरेका प्रकाश कार्कीका परिवारलाई रु. १० हजार, शितलहरका कारण कष्टकर जीवन विताईरहेका विपन्न १३ परिवारलाई न्यानो कपडा वितरणसमेत गरेको छ ।
वडा कार्यालयले विभिन्न समयमा विकास निर्माण भइरहेका क्षेत्र, शैक्षिक क्षेत्र तथा बजार क्षेत्रको अनुगमन समेत गर्दै आएको छ ।

February 2, 2018

About Author

Saroj Basnet Journalist from Urlabari, Nepal. He writes on every aspect of Journalism. A multi-talent person. Now editor at MeroUrlabari. He loves football n music.


Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टिम
संस्थापक: राजु लामा
प्रबन्धक निर्देशक: पूर्ण वाइबा
सम्पादक: सरोज बस्नेत
सल्लाहकार: विकास सुब्बा
संरक्षकः उर्लाबारी परिवार हङकङ
प्राविधिक सहयोग : NEPSOL
ABOUT MERO URLABARI

समृद्ध उर्लाबारी निर्माण हाम्रो अभियान

Email : letters@merourlabari.com
Address : Urlabari-2, Morang, Koshi, Nepal