Entertainment

उर्लाबारीमा शिवरात्रीमा कुटुम्ब गुन्जिने

उर्लाबारीःनेपाली लोकबाजाको संरक्षण र नयाँ पुस्ताहरुलाई नेपाली मौलिकता झल्काउने उद्देश्यका साथ उर्लाबारीमा फागुन १ गते सांगीतिक कार्यक्रम हुने भएको छ ।
महाशिवरात्रीको अवसर पारेर उर्लाबारी स्थित दृष्टि इन्टरटेन्मेन्टको नेपालको चर्चित ब्याण्डको रुपमा चिनिएको कुटुम्ब ब्यान्डले उर्लाबारीको सिंघिम होटलमा प्रस्तुति दिन लागेको बुधकारको पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । सो अवसरमा सृष्टि हिङ्माङ र सिग्नेचर ब्याण्ड दमकले समेत प्रस्तुति दिनेछन् । नेपाली मौलिकता झल्काउने बाजाहरुको प्रयोग गरी गीत गाउने नेपालको पहिलो ब्याण्डको रुपमा कुटुम्ब चिनिने
गरेको छ । टिपिकल नेपाल धुन ,मौलिक भाषा, संस्कृति र बाजालाई कुटुम्बले प्रवद्र्धन गर्देै आएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
उनीहरुका अनुसार कुटुम्बले पूर्वमा पहिलो पटक आफ्नो सांगीतिक प्रस्तुति दिन लागेको हो । उक्त सांगीतिक कार्यक्रम शान्त तथा पारिवारिक वातवरणमा आयोजना गरिने दृष्टि इन्टरटेन्मेन्टका सदस्य
राजु लामाले बताएका छन् । कार्यक्रममा तबेला, मादल, सारंगी, डम्फु, झ्याम्टा, मुरली लगायत नेपालका अन्य बाजाहरुको बारेमा समेत
जानकारी गराइने आयोजकले बताएको छ । नेपाली मौलिकतालाई झल्काउने बाजाहरुको प्रबद्र्धन तथा परिचय सहित सांगीतिक कार्यक्रमको आयोजना गर्न लागिएको पूर्वमै पहिलो रहेको अर्का सदस्य टिका भट्टराईले जानकारी दिएका छन् ।
कार्यक्रममा उर्लाबारी नगर क्षेत्रका अलवा पूर्वमा बिर्तामोडदेखि पश्चिममा इटहरी, धरानबाट दर्शकहरु आउने आयोजकले बताएका छन् । कार्यक्रममा करीब एक हजार दर्शकहरु आउने अपेक्षा लिइएको छ । सो कार्यक्रममा
करीब ३ लाख रुपैयाँ खर्च हुने कार्यक्रम संयोजक मनोज तामाङले बताएका छन् । ब्याण्डको सयथरी बाजा, दशैँ, तिहारमा बजाइने धुनहरु चर्चित छन् । उक्त कार्यक्रम सम्पन्न गर्न यति बु्रअरी प्रालि(अर्ना वियर) मुख्य प्रायोजक
रहेको छ । उक्त कार्यक्रम सम्पन्न गर्न राष्ट्रिय समाचारपत्र दैनिक, निगरानी दैनिक, उर्लाबारी पेज डटकम, मंगलबारे पेज डटकम, मेरो उर्लाबारी डटकम, इन्द्रेणी एफएम र प्राइम एफएमलाई मिडिया पार्टनर राखिएको कार्यक्रम संयोजक तामाङले बताएका छन् ।

February 1, 2018

About Author

Saroj Basnet Journalist from Urlabari, Nepal. He writes on every aspect of Journalism. A multi-talent person. Now editor at MeroUrlabari. He loves football n music.


Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टिम
संस्थापक: राजु लामा
प्रबन्धक निर्देशक: पूर्ण वाइबा
सम्पादक: सरोज बस्नेत
सल्लाहकार: विकास सुब्बा
संरक्षकः उर्लाबारी परिवार हङकङ
प्राविधिक सहयोग : NEPSOL
ABOUT MERO URLABARI

समृद्ध उर्लाबारी निर्माण हाम्रो अभियान

Email : letters@merourlabari.com
Address : Urlabari-2, Morang, Koshi, Nepal