Society

दमकको मुख्य चोक बेहुली झै सिंगारियो

दमक | विहिबारदेखि शुरु हुन लागेको दमक महोत्सवको तयारीको क्रममा यतिखेर दमक सिंगारिएको छ । दमकको मुख्य चोक बेहुली झै सिंगारिएको हो । महोत्सव पुस २७ गतेदेखि माघ ८ सम्म सञ्चालन हुदै छ ।

महोत्सवको सम्पूर्ण तयारीका क्रममा चौकलाई तोरन,व्यानारले सिंगारिएको दमक उद्योग बाणिज्य संघक सदस्य तथा महोत्सव मूल आयोजक समितिका संयोजक राजन दंगालले बताएका छन् । ‘महोत्सवलाई आर्कषण गराउन चौकलाई सरसफाईसहित सिंगारिएको हो’ संयोजक दंगालले भने । उनका अनुुसार दमक चौकका चारैतर्फका प्रवेशद्धारहरुमा आर्कषक दुई दर्जन बढी स्वागत गेट राखिएको छ ।

दमक–७ स्थित सयपत्री टोल नजिकैको रतुवा किनारमा लाग्ने महोत्सवको तयारी पूरा भएको आयोजक दमक उद्योग वाणिज्य संघले जनाएको छ । महोत्सवमा राखिने विभिन्न व्यवसायिक करिव २ सय स्टलहरु बुकिङ भइसकेको संघका अध्यक्ष राजेन्द्र ढकालले जानकारी दिए । उनले दमक महोत्सव संघको मात्र नभएर सबै दमकबासीको भएकाले यसलाई सबैले मिलेर सफल बनाउन आवश्यक रहेको बताउछन् ।

महोत्सव उद्घाटनका लागि पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आउने छन् । महोत्सवको उद्घाटन हुनु अघि सांस्कृतिक झाँकीहरु समेत हुनेछन् भने आकाशबाट पुष्प बृष्टि गराइने छ । यसपटकको महोत्सवमा संघले सर्वसाधारणहरुका लागि हेलिकेप्टरदेखि हात्तीको सवार गर्ने व्यवस्था मिलाएको छ । महोत्सवभरि दैनिक सांस्कृतिक कार्यक्रम गरिने जनाईएको छ ।

January 10, 2018

About Author

Saroj Basnet Journalist from Urlabari, Nepal. He writes on every aspect of Journalism. A multi-talent person. Now editor at MeroUrlabari. He loves football n music.


Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टिम
संस्थापक: राजु लामा
प्रबन्धक निर्देशक: पूर्ण वाइबा
सम्पादक: सरोज बस्नेत
सल्लाहकार: विकास सुब्बा
संरक्षकः उर्लाबारी परिवार हङकङ
प्राविधिक सहयोग : NEPSOL
ABOUT MERO URLABARI

समृद्ध उर्लाबारी निर्माण हाम्रो अभियान

Email : letters@merourlabari.com
Address : Urlabari-2, Morang, Koshi, Nepal