Society

नेपाली सेनाद्वारा चिया र बिस्कुट बितरण

रविन्द्र बराल, रंगेली

मोरङको कटहरी गाउँपालिका– ६ मा रहेको श्रीसूर्यदल गण थलाहा ब्यारेकले सोही स्थान नजिकै रहेको मन्त्री टोलका अतिबिपन्न घर परिवारलाई सहयोग गरेको छ । ब्यारेकले जेष्ठ नागरिक, महिला तथा बालबालिकाहरुलाई चिया, बिस्कुट बितरण गरेको हो । साता दिनदेखिको शीतलहरका कारण घरबाट बाहिर जाने अवस्था नभएका कारण नेपाली सेनाले जनहितका लागि कार्यक्रम सञ्चालन गरेको जनाएको छ ।

ब्यारेकले बिहान सात वजे देखि ९ बजे सम्म नेपाली सेनाले उक्त टोलमा १ सय ६५ जनाहरुलाई चिया बिस्कुट बितरण गरेको छ । उनीहरुले न्यानोका लागि उक्त चोकमा आगे वालेर न्यानोको अनुभुतीसमेत दिलाएका छन् । सोही क्रममा नेपाली सेनाले ६५ जना बृद्धबृद्घाहरुको स्वास्थ्य परिक्षण समेत गरेको छ । उक्त कार्यक्रममा मोरङका गणपति प्रमुख सेनानी ईन्दवार विष्टलगायतले चिया, बिस्कुट बितरण गरेका थिए । सेनाले अति विपन्न घरपरिवारहरुलाई यस्तो कार्यक्रम आफुहरुले गरिरहेको आगामी दिनहरुमा समेत यस्ता कार्यक्रम को आयोजना गरिरहने सेनानी राजु थापाले बताएका छन् ।

January 10, 2018

About Author

Saroj Basnet Journalist from Urlabari, Nepal. He writes on every aspect of Journalism. A multi-talent person. Now editor at MeroUrlabari. He loves football n music.


Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टिम
संस्थापक: राजु लामा
प्रबन्धक निर्देशक: पूर्ण वाइबा
सम्पादक: सरोज बस्नेत
सल्लाहकार: विकास सुब्बा
संरक्षकः उर्लाबारी परिवार हङकङ
प्राविधिक सहयोग : NEPSOL
ABOUT MERO URLABARI

समृद्ध उर्लाबारी निर्माण हाम्रो अभियान

Email : letters@merourlabari.com
Address : Urlabari-2, Morang, Koshi, Nepal