Politics

उर्लाबारीमै ५९ जना उम्मेद्वार

 

नवराज भट्टराई
उर्लाबारी:आगामी मंसिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि निर्वाचन आयोगले सार्वजनिक गरेको समानुपातिक उम्मेद्वारको अन्तिम बन्दसूचीलाई हेर्दा राष्ट्रिय मुक्ति आन्दोलन पार्टी उर्लाबारी नगरबाटै सञ्चालित रहेको जस्तो भान हुन्छ ।
नहोस् पनि कसरी उक्त पार्टीबाट प्रतिनिधि सभाको समानुपातिक उम्मेद्वार रहेका ५२ जना मध्ये २९ र प्रदेश सभाको समानुपातिकमा १९ मध्ये १३ जना र प्रत्यक्षतर्फ मोरङ १ ‘क’ मा प्रदेश सभा सदस्यमा १ जना गरी ४३ जना उर्लाबारीका रहेका छन् । यतिको संख्यामा उम्मेद्वार रहेपनि उक्त पार्टीले सोमबार उर्लाबारीमा गरेको उम्मेद्वार परिचयात्मक कार्यक्रममा आधा उम्मेद्वारपनि सहभागी थिएनन् । अधिकांश मजदुर, सुकुम्बासी, द्वन्द्वपीडित उम्मेद्वार रहेका उनीहरुमध्ये कतिपयलाई पार्टीको नाम समेत भन्न आएन ।
यसैबीच, यस पटकको निर्वाचनमा मोरङ क्षेत्र नं. १ को उर्लाबारीबाट ५९ जना उम्मेद्वार चुनावी मैदानमा रहेको पाइएको छ । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि प्रत्यक्षतर्फ १० र समानुपातिकतर्फ ४९ गरी उर्लाबारीबाट उक्त संख्यामा उम्मेद्वारहरु चुनावी मैदानमा रहेका हुन् ।
मोरङ क्षेत्र नं. १ मा प्रतिनिधि सभाका १० जना चुनावी मैदानमा रहँदा ३ जना उर्लाबारीका रहेका छन् । संघीय समाजवादी फोरमबाट उर्लाबारी–८ का राजकुमार लिम्बू तथा उर्लाबारी–३ का भीमबहादुर तामाङ र उर्लाबारी–५ का यामप्रसाद दाहाल स्वतन्त्र उम्मेद्वार रहेका छन् ।
यस्तै, निर्वाचन क्षेत्र नं. १ ‘क’ प्रदेश सभा सदस्य पदका लागि ११ जनामा चुनावी मैदानमा रहेका छन् । ती मध्ये ७ जना उर्लाबारीका छन् । नेपाली कांग्रेसबाट उर्लाबारी–५ का ललित अधिकारी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट उर्लाबारी–४ की दिलकुमारी लावती, विवेकशील साझा पार्टीबाट उर्लाबारी–३ का रमेश बिष्ट, राष्ट्रिय मुक्ति आन्दोलन नेपालबाट उर्लाबारी–७ का भीमबहादुर राउत, देशभक्त जनगणतान्त्रिक मोर्चाबाट उर्लाबारी–२ का नरसिंह धिमाल, संघीय समाजवादी फोरम नेपालबाट उर्लाबारी–५ का रामप्रसाद धिमाल र उर्लाबारी–५ कै पात्रे धिमाल स्वतन्त्र उम्मेद्वार रहेका छन् ।
यस्तै, प्रतिनिधि सभाको समानुपातिकमा उर्लाबारीका २९ जना उम्मेद्वार रहेका छन् । निर्वाचन आयोगले मंसिर ३ गते प्रकाशित गरेको समानुपातिकतर्फ उम्मेद्वारको अन्तिम नामावलीमा विभिन्न पार्टीबाट उर्लाबारीका २९ जनाको नाम समावेश गरिएको छ । जसमा नेकपा एमालेबाट उर्लाबारी–५ की शिवमाया तुम्बाहाम्फे, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट उर्लाबारी–७ का विशेन्द्र चेम्जोङ र उर्लाबारी–९ की छायादेवी भट्टराई, देशभक्त लोकतान्त्रिक पार्टीबाट उर्लाबारी–१ की कल्पना विश्वकर्मा समानुपातिक सुचीमा रहेका छन् ।
राष्ट्रिय मुक्ति आन्दोलन पार्टीबाट ५२ जनामध्ये २५ जना उर्लाबारीका मात्र छन् । उर्लाबारी–७ का होमादेवी मगर, विमला राजवंशी, सरितामाया तामाङ, रजिया ठाकुर, खिमा विक, मुना दर्जी, दरोपति कुमारी शाह, रेखा मल्लिक, विना मल्लिक, दुखनि ताजपुरिया, राजकुमारी गुप्ता, अमुन्ना खातुन सेख, उर्लाबारी–५ का माया सुब्बा, भगवती लिम्बू, शिला मगर, फूलमाया गिरी, भावना चौधरी, संगीता दर्जी, देवकी विश्वकर्मा, सावित्रा पौडेल विक, निर्मला विश्वकर्मा, उर्लाबारी–६ का पूर्ण थामी, सुधा चौधरी, निर्मला चौधरी र विन्दुदेवी महतो रहेका छन् ।
यस्तै, प्रदेश सभाका लागि समानुपातिकतर्फ उर्लाबारीबाट २० जना उम्मेद्वार बनेका छन् । नेकपा माओवादी केन्द्रबाट उर्लाबारी–४ की ममता राजवंशी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उर्लाबारी–९ की कृष्णमाया राई, विवेकशील साझा पार्टीबाट उर्लाबारी–२ का रमेशकुमार परियार, राष्ट्रिय शिवसेना पार्टी÷राष्ट्रिय नागरिक पार्टीबाट उर्लाबारी–८ का डेबिट धिमाल तथा उर्लाबारी–३ का मुकेश पौदार, सितादेवी थापा र मुना तामाङ उम्मेद्वार रहेका छन् । राष्ट्रिय मुक्ति आन्दोलन नेपालबाट १ नं. प्रदेश सभामा सूचिकृत १९ जना मध्ये १३ जना उर्लाबारीका रहेका छन् । उर्लाबारी–५ का विष्णु तामाङ, पूर्वा तामाङ, कल्पना मगर, रामबहादुर खड्का, सुभद्रा विक, गीता वाँतर, ललन गोश्वामी, उर्लाबारी–७ का रामप्रसाद सुवेदी, झल्कीदेवी मोची, महेन्द्र विक, ममतादेवी साह, उर्लाबारी–४ का विमला लिम्बू र ममिया मियाँ सो पार्टीबाट समानुपातिक उम्मेद्वार बनेका छन् ।

November 22, 2017

About Author

Saroj Basnet Journalist from Urlabari, Nepal. He writes on every aspect of Journalism. A multi-talent person. Now editor at MeroUrlabari. He loves football n music.


Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टिम
संस्थापक: राजु लामा
प्रबन्धक निर्देशक: पूर्ण वाइबा
सम्पादक: सरोज बस्नेत
सल्लाहकार: विकास सुब्बा
संरक्षकः उर्लाबारी परिवार हङकङ
प्राविधिक सहयोग : NEPSOL
ABOUT MERO URLABARI

समृद्ध उर्लाबारी निर्माण हाम्रो अभियान

Email : letters@merourlabari.com
Address : Urlabari-2, Morang, Koshi, Nepal