Politics

जनताको भावना बुझेर काम गर्छुः उप्रेती

सरोज बस्नेत
उर्लाबारीःमोरङ क्षेत्र नं. २ मा परिचित नाम हो, गणेश उप्रेती ‘सुशील’ । नेकपा माओबादी केन्द्र मोरङका एक जुझारु, गतिशिल युवा नेताका रुपमा परिचय बनाएका उप्रेती मोरङ क्षेत्र नं. २ (क) बाट प्रदेश सभा सदस्यको उम्मेद्वार बनेका छन् । एमाले र माओबादीबीच चुनावी तालमेल भएसँगै उनी सो क्षेत्रको साझा उम्मेद्वार बनेका हुन् । ०५३ सालदेखि क्रान्तिकारी बिद्यार्थी हुँदै वामपन्थी राजनीतिमा हाम फालेका उप्रेती ०५६ सालमा जेल परेका थिए । इलाम, विराटनगर, राजविराजको जेलमा दुई बर्ष यातना भोगेका उनी पार्टीमा सुशिल नामले चिनिन्छन् । विभिन्न समयमा गरी दुई पटक मोरङको माओबादी आन्दोलनको नेतृत्व सम्हालिसकेका उनी हाल पार्टीको पोलिटब्यूरो सदस्यको जिम्मेवारीमा छन् । पार्टीभित्रका कार्यकर्ताहरुलाई गम्भिर प्रशिक्षण दिन सक्ने उप्रेती विपक्षीलाई गतिलो प्रहार गरी भाषण गर्नेमा चर्चित छन् । पार्टीभित्र बौद्धिक एबं बैचारिक नेताका रुपमा स्थापित उनी रतुवामाई–५ का स्थायी बासिन्दा हुन् । पार्टी काम जस्तै उनी लेखनमा पनि उत्तिकै दख्खल राख्छन् । जनविद्रोह दैनिक पत्रिकाको सम्पादकसमेत भइसकेका उप्रेतीले आफ्नै एउटा कथा संग्रह प्रकाशित गरेका छन् । उनको अर्काे कविता संग्रह प्रकाशनको तयारीमा छ । उनी साहित्यमा शशीकिरणको नामले परिचित रहेका छन् । उनै बहुप्रतिभाका धनी नेता उप्रेती यतिबेला जनताको घरदैलोमा भोट माग्न ब्यस्त रहेका छन् ।
२०७० सालको दोस्रो संविधान सभाको निर्वाचनमा पराजित भएका उप्रेतीको पक्षमा यतिबेला जनमाहोल बढेर गएको छ । उनकोे उम्मेदवारी परेसँगै त्यस क्षेत्रका जनताहरु उत्साहित छन् । जनताको सेवामा तथा स्थानीय स्तरमा अहोरात्र खटिने उप्रेती आफु भारी मतले बिजयी हुने विश्वास ब्यक्त गर्छन् । आफ्नो क्षेत्रको शिक्षा, स्वास्थ्य, खेलकुद र विकास निर्माणमा सदैब लागि पर्ने उप्रेतीको भनाई छ । नदी तटबन्ध, सडक पूर्वाधार निर्माण, विद्युत विस्तार, खानेपानी, सिचाईलगायतका योजना उनले तयार गरेका छन् । स्थानीय तहसँग समन्वय गरी जनताका आवश्यक कामलाई छिटो र छरितो बनाउने उनले बताएका छन् ।
मोरङ २ (क) अन्तरगत पर्ने रतुवामाई नगरपालिका तथा सुनबर्षी नगरपालिका वडा नं. ६, ७, ८ र ९ मा उप्रेतीले कोण सभा र घरदैलो कार्यक्रम ब्यापक बनाएका छन् । एमाले र माओबादीबीचको चुनावी एकतासँगै पार्टी कार्यकर्ता र आम जनतामा उत्साह पलाएको उल्लेख गर्दै मोरङ क्षेत्र नं. २ मा वाम गठबन्धनका उम्मेद्वारहरुको विजयी हुने उनको विश्वास छ । वाम गठबन्धनका उम्मेद्वारहरुले आम जनताको पिरमर्का बुझेको र मतदाताहरुले स्थायी सरकार र दिगो विकासका लागि वाम गठबन्धनलाई मतदान गर्ने उनको भनाई छ ।

November 22, 2017

About Author

Saroj Basnet Journalist from Urlabari, Nepal. He writes on every aspect of Journalism. A multi-talent person. Now editor at MeroUrlabari. He loves football n music.


Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टिम
संस्थापक: राजु लामा
प्रबन्धक निर्देशक: पूर्ण वाइबा
सम्पादक: सरोज बस्नेत
सल्लाहकार: विकास सुब्बा
संरक्षकः उर्लाबारी परिवार हङकङ
प्राविधिक सहयोग : NEPSOL
ABOUT MERO URLABARI

समृद्ध उर्लाबारी निर्माण हाम्रो अभियान

Email : letters@merourlabari.com
Address : Urlabari-2, Morang, Koshi, Nepal