Politics

टिकट वितरणमा उपेक्षा गरेको भन्दै एमालेमा तीब्र असन्तुष्टी

घनश्यामलाई टिकट दिन मानबहादुरलाई आउट गरेको आरोप

मोरङको उर्लाबारीका एमाले नेता मानबहादुर श्रेष्ठले प्रतिनिधि सभाको उम्मेद्वारमा टिकट नपाउने पक्का भएपछि एमाले कार्यकर्ताहरुमा तीब्र असन्तुष्टि देखिएको छ ।
माओबादी केन्द्रका उम्मेद्वारमा प्रतिनिधि सभा र प्रदेश सभामा एमालेले पाउने चर्चा हुँदा उत्साहित बनेका एमाले कार्यकर्ता यतिबेला नेता श्रेष्ठलाई पार्टीले उपेक्षा गरेको भन्दै असन्तुष्ट बनेका हुन् । प्रदेश नम्बर १ अन्तर्गत मोरङ क्षेत्र नम्बर १ (क) मा नेता श्रेष्ठलाई उम्मेद्वार बनाउने चर्चा थियो । तर, अहिले प्रतिनिधि सभामा एमालेका नेता घनश्याम खतिवडालाई उम्मेद्वार बनाएर नेता श्रेष्ठलाई ‘बाइपास’ गर्न खोजेको एमाले वृत्तमा चर्चा छ । नेपाल गुटका मानिने श्रेष्ठ स्थानीय स्तरमा लोकप्रिय छन् । २०७० सालको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेद्वार डिगबहादुर लिम्बूसँग पराजित बनेका खतिवडा पुनः उनैसँग प्रतिष्पर्धा गर्ने भएका छन् । चुनाव हारेयता जनतासँग जोडिएर खतिवडाले कुनै काम नगरेको उनीहरुको आरोप छ । खतिवडा प्रतिनिधि सभाको उम्मेद्वार बन्न पार्टी अध्यक्ष केपी ओलीसम्म हारगुहार गरेको एमाले स्रोतको दाबी छ । खतिवडालाई प्रतिनिधि सभाको उम्मेद्वार बनाएर मोरङ क्षेत्र नम्बर १ (क) मा माओबादी केन्द्रका लोकप्रिय नेता कुलप्रसाद साम्बा (कुशल लिम्बू) लाई उम्मेद्वार बनाउने पक्का भएको छ । यस्तै, मोरङ क्षेत्र नम्बर १ (ख) मा एमालेतर्फका खड्गबहादुर बस्नेतलाई उम्मेद्वार बनाउने बुझिएको छ ।
एमालेभित्रको गुटबन्दीका कारण श्रेष्ठलाई टिकट दिनबाट वञ्चित गराइएको एमालेका स्थानीय कार्यकर्ताहरुको ठहर छ । गत स्थानीय तहको निर्वाचनमा पनि उर्लाबारी नगरपालिकाको मेयरको आकांक्षी बनेका श्रेष्ठलाई टिकट नदिएपछि कार्यकर्ताहरु असन्तुष्ट बनेका थिए । असन्तुष्टिका बीच मेयर पदको उम्मेद्वार बनेका भूपाल जिमी भारी मतका साथ कांग्रेसका उम्मेद्वार खड्गबहादुर फागोसँग पराजित भएका थिए । श्रेष्ठ यस क्षेत्रमा सडक, खानेपानी विकासका साथै नदी नियन्त्रणका लागि सक्रिय भूमिका खेल्दै आएका छन् । उनकै पहलमा सडक निर्माण भएपछि इलामको फुङनामसम्म सवारीका चल्न थालका छन् ।

उर्लाबारी र मिक्लाजुङको केही वडाहरु पर्ने मोरंग १(क)क्षेत्रमा एमाले मोरङ जिल्ला सचिवालय सदस्य समेत रहेका श्रेष्ठ स्थानीय स्तरमा लोकप्रिय नेताका रुपमा चिनिन्छन् । यस अघि पनि श्रेष्ठलाई एमालेभित्रको गुटका कारण टिकटबाट वञ्चित गराइदै आएको छ । यसैबीच प्रदेश नम्बर १ (क)मा एमालेका मानबहादुर श्रेष्ठलाई टिकट नदिएको विषयलाई लिएर युवा संघले समेत अपत्ति जनाएका छ । युवा संघ उर्लाबारीका नगर अध्यक्ष रविन लामाले भने–‘पार्टीले लोकप्रिय र योग्य उम्मेदवारलाई टिकट दिदैन भने युवा संघ यो चुनावमा निष्क्रय बस्छ ।
नगर अध्यक्ष लामाले यस क्षेत्रमा एमालेका मानबहादुर श्रेष्ठलाई टिकट नदिइएको खण्डमा युवा संघका सदस्यहरुलाई चुनावी अभियानमा नहिँड्न मातहातका कमिटीलाई निर्देशन दिएका छन् । उनले भने–‘युवाहरुको माग अनुसार पार्टीलाई उम्मेदवार दिदैन भने युवाहरु यो चुनावमा हिड्दैनन् । ’ लामाका अनुसार श्रेष्ठलाई टिकट नदिइए स्वतन्त्र उम्मेदवार उठाएर जिताएर देखाइदिने चेतावनी दिएका छन् । लामा अनुसार श्रेष्ठको समर्थनमा एमालेका अधिकांश संगठित सदस्यहरुले सामूहिक राजीनामा दिने तयारी भइरहेको दावी गरेका छन् ।
मानबहादुर श्रेष्ठलाई टिकट नदिइएको विषयलाई लिएर कार्यकर्ता भित्रमा तीव्र असन्तुष्टि बढेको छ । एमाले संगठित सदस्य विकल राईले भने–‘मानबहादुरले टिकट पाएर चुनाव जित्छ भनेर माओवादीलाई टिकट दिइएको छ । एमालेका नेताहरुले श्रेष्ठलाई टिकट दिनबाट वञ्चित गराईएको हो ।

 

October 29, 2017

About Author

Saroj Basnet Journalist from Urlabari, Nepal. He writes on every aspect of Journalism. A multi-talent person. Now editor at MeroUrlabari. He loves football n music.


Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टिम
संस्थापक: राजु लामा
प्रबन्धक निर्देशक: पूर्ण वाइबा
सम्पादक: सरोज बस्नेत
सल्लाहकार: विकास सुब्बा
संरक्षकः उर्लाबारी परिवार हङकङ
प्राविधिक सहयोग : NEPSOL
ABOUT MERO URLABARI

समृद्ध उर्लाबारी निर्माण हाम्रो अभियान

Email : letters@merourlabari.com
Address : Urlabari-2, Morang, Koshi, Nepal