Society

बालिकामाथि कालोमोेसो र जुत्ताको माला लगाउने ३ जना पक्राउ

 बेलबारी/ मोरङको बेलबारी २ देबीथानडाँडामा एक स्थानीय बालिकालाई चोरीको आरोपमा कालोमोसो दलेर जुत्ताको माला लगाउने र यातना दिने कार्यमा संलग्न ३ जनालाई इलाका प्रहरी कार्यलय बेलबारीले कानुनी कारबाही शुरु गरेको छ । बिहिबार दिँउसो स्थानीय १४ बर्षीया परियार थरकी बालिकालाई चोरीको आरोप लगाउँदै कालोमोसो दलेर जुत्ताको माला सहित सिस्नुपानी लगाएर यातना दिँदै बजार घुमाउने क्रममा इलाका प्रहरी कार्यलय बेलबारीले भेटेर ती बालिकाको उद्धार गरेको थियो । पक्राउ परेका ३ नै जनालाई म्याद थप गरी अनुसन्धान अघि बढाईएको प्रहरीे जनाएको छ ।

सोही कार्यमा संलग्न स्थानीय ४५ बर्षीय दुर्गा चौधरी र ५० बर्षीय कुलदिप कुँवर दनुवार र अनिता दनुवार पक्राउ परेका छन । उनीहरुलाई सार्बजनिक अपराध ऐन अन्र्तगत कारबाही गरिने ईलाका प्रहरी कार्यलय बेलबारीका प्रहरी निरिक्षक रामजी कटुवालले जानकारी दिएका छन । कुटपिटबाट बालिका सामान्य घाईते भएकी छिन । उनको स्थानीय मेडिकलमा उपचार गराईएको छ । आर्थिक अबस्था कमजोर भएकी ती बालिकाका बुबा भारतमा मजदुरी गर्छन । उनकी आमा संगिता परियारले घटनामा संलग्न सबैलाई कारबाहीको माग गर्दै प्रहरी कहाँ पुगेकी थिईन ।

पिडित बालिकाले आफुले पैैसा नचोरेको र आफुले लिनुपर्ने पैसा लिँदा आफुलाई कुटपिट गरी कालोमोसो दलेको गुनासो गरिन । स्थानीय कबिर माविमा कक्षा ६ मा अध्यायनरत ती बालिका कुटपिटका कारण बोल्न समेत नसक्ने अबस्थामा पुगेकी छिन । यस्तो थियो घटना बिवरण पिडित बालिका पटक पटक चोरीमा संलग्न भएको भन्दै उनीमाथी कुटपिट र दुब्र्यबहार भएको स्थानीय बताउँछन । बिहिबार पनि अनिता दनुवारको ७ सय ५० रुपैया पैसा चोरेको आरोपमा उनीमाथि कुटपिट र दुब्र्यबहार भएको थियो । कुटपिट पछि उनलाई कालोमोसो दलेर बजार घुमाउने क्रममा गस्तिमा रहेको इलाका प्रहरी कार्यलय बेलबारीको टोलीले उनलाई उद्धार गरेको थियो ।

October 7, 2017

About Author

Saroj Basnet Journalist from Urlabari, Nepal. He writes on every aspect of Journalism. A multi-talent person. Now editor at MeroUrlabari. He loves football n music.


Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टिम
संस्थापक: राजु लामा
प्रबन्धक निर्देशक: पूर्ण वाइबा
सम्पादक: सरोज बस्नेत
सल्लाहकार: विकास सुब्बा
संरक्षकः उर्लाबारी परिवार हङकङ
प्राविधिक सहयोग : NEPSOL
ABOUT MERO URLABARI

समृद्ध उर्लाबारी निर्माण हाम्रो अभियान

Email : letters@merourlabari.com
Address : Urlabari-2, Morang, Koshi, Nepal