Sports

फुटसल सञ्चालनसँगै फुटबलप्रेमी उत्साहित

\उर्लाबारी:मोरङको सदरमुकामबाहिर पहिलो पटक उर्लाबारीमा फुटसल सञ्चालनमा आएपछि फुटबलप्रेमीहरु उत्साहित बनेका छन् ।

उर्लाबारी क्षेत्रका जागरूक र उर्जाशील युवाहरुको लगानीमा उर्लाबारी–४ मा अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको फुटसल सञ्चालन आएपछि उनीहरु उत्साहित बनेका हुन् ।उर्लाबारीका युवाहरु साङ्गेहाङ तुम्बाहाम्फे, निर्मल सिग्देल, राजन वाइवा, पुनम शर्मा, इथाहाङ लिम्बू, निरज बाहेती, महेश कार्की, बिजय बानिया र बिरेन बादेको संयुक्त लगानीमा उर्लाबारीमा फुटसल सञ्चालनमा आएको हो । साडे ७ कठ्ठा जग्गामा ७० लाखको लगानीमा निर्माण भएको उक्त फुटसल खेल मैदानको लम्बार १ सय ५ फुट र चौडाई ६० फुट रहेको छ । बढ्दो जनघनत्व, वस्ती विस्तार र खुल्ला ठाउँको अभावका कारण शारीरिक व्यायाम गर्न नपाएकाहरुका लागि फुटसल सञ्चालनमा ल्याएको सञ्चालक साङ्गेहाङ तुम्बाहाम्फेले बताएका छन् । फुटसल खेल्न आउनेको संख्या बढोत्तरी रहेको र चाँडै नै फुटबस प्रतियोगिता गर्ने पनि उनले जानकारी दिएका छन् ।

October 7, 2017

About Author

Saroj Basnet Journalist from Urlabari, Nepal. He writes on every aspect of Journalism. A multi-talent person. Now editor at MeroUrlabari. He loves football n music.


Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टिम
संस्थापक: राजु लामा
प्रबन्धक निर्देशक: पूर्ण वाइबा
सम्पादक: सरोज बस्नेत
सल्लाहकार: विकास सुब्बा
संरक्षकः उर्लाबारी परिवार हङकङ
प्राविधिक सहयोग : NEPSOL
ABOUT MERO URLABARI

समृद्ध उर्लाबारी निर्माण हाम्रो अभियान

Email : letters@merourlabari.com
Address : Urlabari-2, Morang, Koshi, Nepal