Entertainment

आज जुना प्रसाईले उर्लाबारी तताउने


उर्लाबारीःदसैंको अवसर पारेर उर्लाबारी पूर्व बस स्टेण्डमा सञ्चालित रमाइलो मिनी महोत्सवमा चर्चित कलाकारहरुले प्रस्तुति दिने भएका छन् ।
यसैक्रममा असोज १३ गते महानवमीको दिन आज गायिका जुना प्रसाईको दमदार प्रस्तुति रहने मेला आयोजक समितिले जनाएको छ । गायिका प्रसाईसँगै पूर्वका चर्चित डान्स सेन्टरहरुको प्रस्तुति पनि रहने मेला व्यवस्थापक प्रदीप रणपहेलीले बताएका छन् ।
उर्लाबारी–७ स्थित नमूना बाल गृहको सहयोगार्थ यसैसातादेखि सञ्चालित महोत्सवमा दैनिक राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति भइरहेको छ भने मेलामा रोटेपिङ, ड्रागन रेस, बच्चाका खेललगायत मनोरञ्जनात्मक खेलतमासाहरु रहेका छन् ।

September 29, 2017

About Author

Saroj Basnet Journalist from Urlabari, Nepal. He writes on every aspect of Journalism. A multi-talent person. Now editor at MeroUrlabari. He loves football n music.


Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टिम
संस्थापक: राजु लामा
प्रबन्धक निर्देशक: पूर्ण वाइबा
सम्पादक: सरोज बस्नेत
सल्लाहकार: विकास सुब्बा
संरक्षकः उर्लाबारी परिवार हङकङ
प्राविधिक सहयोग : NEPSOL
ABOUT MERO URLABARI

समृद्ध उर्लाबारी निर्माण हाम्रो अभियान

Email : letters@merourlabari.com
Address : Urlabari-2, Morang, Koshi, Nepal