Events

एकल साँझ कार्यक्रमको तयारी अन्तिम चरणमा

उर्लाबारीःमोरङको उर्लाबारी–७ स्थित चेरी टमेटो होटलमा चर्चित गायक रामकृष्ण ढकालको एकल सांगितिक साँझ कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ ।
नेपालीहरुको महान चाड विजयीदशमीको अवसरमा असोज ५ गते हुने सो कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको हो । संगीतप्रेमी दर्शकहरुलाई लक्षित गरी आयोजना गर्न लागिएको उक्त सांगितिक कार्यक्रममा ५ सय भन्दा बढी दर्शकहरुको उपस्थिति रहने चेरी टमेटो होटलका सञ्चालक दिनेश श्रेष्ठले जानकारी दिएका छन् । करिब ३ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको उक्त कार्यक्रम प्रायोजन तथा टिकट बिक्रीबाटै हुने सञ्चालक श्रेष्ठको भनाई छ । सो कार्यक्रममा गायक ढकालले आधुनिक गीतसहितको आफ्ना चर्चित गीतहरु प्रस्तुत गरी दर्शकहरुलाई मनोरञ्जन दिने छन् । गायक ढकालको प्रस्तुति साँझ ४ बजेदेखि सुरु हुने आयोजकले जनाएको छ । यसअघि सोही होटलमा गायक स्वप्न सुनमले आफ्नो प्रस्तुति दिई युवाहरुको मन जितेका थिए ।

September 19, 2017

About Author

Saroj Basnet Journalist from Urlabari, Nepal. He writes on every aspect of Journalism. A multi-talent person. Now editor at MeroUrlabari. He loves football n music.


Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टिम
संस्थापक: राजु लामा
प्रबन्धक निर्देशक: पूर्ण वाइबा
सम्पादक: सरोज बस्नेत
सल्लाहकार: विकास सुब्बा
संरक्षकः उर्लाबारी परिवार हङकङ
प्राविधिक सहयोग : NEPSOL
ABOUT MERO URLABARI

समृद्ध उर्लाबारी निर्माण हाम्रो अभियान

Email : letters@merourlabari.com
Address : Urlabari-2, Morang, Koshi, Nepal