Entertainment

मिलन र दिपककाे बाहिरियो यस्तो रहस्य

‘जहिलेसम्म संसारमा रहन्छन् घाम जुनतारा
तिम्रै प्रियसी म सदा….
चर्चित गायिका मिलन अमात्यले गाएको गीत हो यो । तर यो चर्चित गीत अहिले उनको पारिवारिक जीवनमा उल्टो सावित भएको छ । गीतमा तिम्रै प्रियसी म सदा….भने पनि उनले आफ्ना श्रीमान मेन्सन अमात्यसँग सम्बन्ध विच्छेद गरेकी छिन् । भारतको आसामकी मिलन आसामिज लगायत विभिन्न भाषामा गीत गाउँथिन् । आसामा मिलन नेवारका नामले परिचित उनि ६ वर्षअघि मेन्सनसँग विवाह गरेकी थिईन् । त्यसपछि मिलन अमात्यका नामले चर्चामा आएकी मिलनले गाएका गाला रातै, स्लोली स्लोली लगायतका गीतले चर्चा कमाए । त्यसपछि उनि नेपाली सांगीतिक क्षेत्रमा व्यस्त गायिका बनिन् । चलचित्र, एल्बम र कन्सर्टमा व्यस्त हुने मिलनसँग मेन्सनको सम्बन्ध चिसिंदै गयो ।

सुरुका दिनमा मिलनको सांगीतिक कार्यक्रममा मेन्सनपनि सँगै जान्थे । विस्तारै मिलन देशविदेशका सांगीतिक कार्यक्रममा पुग्न थालिन् । उनिहरुबीच शंका उपशंका बढ्दै गयो । बजारमा मिलन र गायक दिपक लिम्बु व्यक्तिगत रुपमा नजिक रहेको चर्चा चल्यो । त्यसले झनै सम्बन्ध चिसियो । मिलन र मेन्सन परिवारबाट छुटिएर कुलेश्वरस्थित अपार्टमेन्टमा बस्दै आएका थिए । मेन्सनको परिवारलाई यो कुरापनि मन परेको थिएन । केही समययता सम्बन्ध चिसिएपछि मिलनले अपार्टमेन्टबाट श्रीमानलाई हटाएर आसामबाट आफन्त ल्याएर राखिन् । मिलन र मेन्सनको सम्बन्ध बिग्रएपछि आफन्तहरुले मिलाउने खुबै प्रयास गरे तर मिलन मिल्नै चाहिनन् । अन्ततः सोमबार मिलनको विछोड भयो ।

दिपकसँगको सम्बन्ध
मिलनको पारिवारिक विछोड हुनुमा दिपक लिम्बुसँगको सम्बन्धको पनि मुख्य कारण रहेको बताईन्छ । केही समयअघि मिलनको एकल एल्बम ‘मिलन संजोग’ बजारमा आएको थियो । यो एल्बमले उनिहरु बीचको सम्बन्धलाई झनै पुष्टि ग¥यो । एक त मिलनको एल्बम दिपककै कम्पनी श्रव्य म्युजिकबाट बजारमा आएको थियो । अर्को कुरा मिलन–संजोग भनेर दुई जनाको नाम जोडियो । दिपकको वास्तविक नाम संजोग लिम्बु हो ।

सम्बन्ध विच्छेदपछि मिलनले सोमबारै फेसबुकमा स्टाटस लेख्दै आफ्नो नामबाट अमात्य हटाएर पुरानै नाम मिलन नेवार लेखेकी छिन् ।
दिपक र मिलन विभिन्न देशमा सांगीतिक कार्यक्रममा क्रममा जाँदा नजिकिएका थिए । उनिहरु बीचको सम्बन्धका बारेमा केही समयदेखि सांगीतिक बजारमा ओपन सेक्रेट चर्चा थियो । सांगीतिक बजारमा आएको चर्चा अनुसार दिपक र मिलन दुवैले विदेशमा गएर बस्ने योजना समेत बनाएका थिए । तर दिपकको मात्र भिषा लाग्यो । दिपक अहिले क्यानाडा पुगिसकेका छन्, मिलनको भने भिसा नलागेर नेपालमै रहेको उनकै सहकर्मीहरुबीच चर्चा छ ।

September 19, 2017

About Author

Saroj Basnet Journalist from Urlabari, Nepal. He writes on every aspect of Journalism. A multi-talent person. Now editor at MeroUrlabari. He loves football n music.


Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टिम
संस्थापक: राजु लामा
प्रबन्धक निर्देशक: पूर्ण वाइबा
सम्पादक: सरोज बस्नेत
सल्लाहकार: विकास सुब्बा
संरक्षकः उर्लाबारी परिवार हङकङ
प्राविधिक सहयोग : NEPSOL
ABOUT MERO URLABARI

समृद्ध उर्लाबारी निर्माण हाम्रो अभियान

Email : letters@merourlabari.com
Address : Urlabari-2, Morang, Koshi, Nepal