Health

मृर्गौला पीडितलाई हरिप्रसादलाई सहयोग

उर्लाबारी:दुबै मृर्गौला फेल भएका मोरङको उर्लाबारी–६ का ५८ बर्षीय हरिप्रसाद तामाङको उपचारका लागि सहयोग हस्तान्तरण गरिएको छ ।
आइबार तामाङको उपचारका लागि ३८ हजार ८ सय १५ रुपैयाँ सहयोग हस्तान्तरण गरिएको हो । उर्लाबारी–७ का गजेन्द्र तामाङ, सन्तकुमार तामाङ, सन्त योञ्जन, रामप्रसाद गुरागाई, अम्बर तामाङ, मनमाया तामाङ, लक्ष्मण तामाङ र रिना तामाङको अगुवाईमा सो रकम संकलन गरी पीडित हरिप्रसादलाई प्रदान गरिएको छ । विगत लामो समयदेखि मुटु, सुगर र प्रेसर रोगबाट पीडित बनेका हरिप्रसादलाई गत बैशाखमा विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान नेपालमा स्वास्थ्य परिक्षणको क्रममा दुबै मृगौला फेल भएको डाक्टरले बताएका थिए । हालसम्म उपचारको क्रममा १५ लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको पीडित हरिप्रसादले बताएका छन् । उनले आफूलाई बाँच्ने इच्छा रहेको बताउँदै सबैलाई सहयोग गरिदिन अनुरोध गरेका छन् । उनले गहभरी आँशु पार्दै भने –‘मलाई सहयोग गरेर बचाउनुहोस् ।’ हरिप्रसादका बारेमा जानकारीका लागि नेपाल तामाङ घेदुङ नगर समिति उर्लाबारीका सचिब गजेन्द्र तामाङलाई ९८१२३७३११४ मा सम्पर्क गर्न सक्नु हुनेछ ।

September 18, 2017

About Author

Saroj Basnet Journalist from Urlabari, Nepal. He writes on every aspect of Journalism. A multi-talent person. Now editor at MeroUrlabari. He loves football n music.


Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टिम
संस्थापक: राजु लामा
प्रबन्धक निर्देशक: पूर्ण वाइबा
सम्पादक: सरोज बस्नेत
सल्लाहकार: विकास सुब्बा
संरक्षकः उर्लाबारी परिवार हङकङ
प्राविधिक सहयोग : NEPSOL
ABOUT MERO URLABARI

समृद्ध उर्लाबारी निर्माण हाम्रो अभियान

Email : letters@merourlabari.com
Address : Urlabari-2, Morang, Koshi, Nepal