Entertainment

उर्लाबारीमा कन्दरा ब्याण्ड र केन्जलको प्रस्तुति हुने

उर्लाबारीःविजयीदशमीको अवसरमा मोरङको उर्लाबारीमा बृहत सांगितिक कार्यक्रम हुने भएको छ ।
भिजन फाउण्डेशन नेपाल, उर्लाबारीको आयोजनामा असोज ९ गते चर्चित ब्याण्ड कन्दरा र नेपाल आइडलको टप टेन प्रतियोगी केन्जलमेयर श्रेष्ठको प्रस्तुति रहने भएको हो । उर्लाबारी–७ स्थित पशुपति आमाबिमा हुने उक्त कार्यक्रममा ४ हजारभन्दा बढी दर्शकको सहभागिता रहने फाण्डेशनका अध्यक्ष राजु लामाले जानकारी दिएका छन् । फाउण्डेशनद्वारा सञ्चालित उर्लाबारी सार्वजनिक पुस्तकालय सहयोगार्थ आयोजित सांगितिक कार्यक्रममा ५ लाख ५० हजार रुपैयाँ खर्च हुने आयोजकले अनुमान गरेको छ । विजयीदशमीको शुभकामना आदानप्रदान गर्दै उर्लाबारीलाई संगीतमय बनाउने योजना रहेको अध्यक्ष लामाले बताएका छन् । उर्लाबारी नगरपालिकाका प्रमुख खड्गबहादुर फागोको प्रमुख आतिथ्यतामा हुने उक्त कार्यक्रमलाई भब्य र सभ्य बनाउन तयारी सुरु गरिसकेको जनाइएको छ । भिजनले शिव रात्रीमा पनि सांगितिक कार्यक्रम बर्षेनी गर्दै आएको छ । उक्त संस्थाले विगत लामो समयदेखि सामाजिक गतिबिधि गर्दै आएको छ ।

September 15, 2017

About Author

Saroj Basnet Journalist from Urlabari, Nepal. He writes on every aspect of Journalism. A multi-talent person. Now editor at MeroUrlabari. He loves football n music.


Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टिम
संस्थापक: राजु लामा
प्रबन्धक निर्देशक: पूर्ण वाइबा
सम्पादक: सरोज बस्नेत
सल्लाहकार: विकास सुब्बा
संरक्षकः उर्लाबारी परिवार हङकङ
प्राविधिक सहयोग : NEPSOL
ABOUT MERO URLABARI

समृद्ध उर्लाबारी निर्माण हाम्रो अभियान

Email : letters@merourlabari.com
Address : Urlabari-2, Morang, Koshi, Nepal