Health

छोराको उपचारका लागि सहयोग पाउने आशामा छन् ऋणले थिचिएका गोविन्द

 विराटनगर : ‘अब मेरो छोरा निको भयो। म घर लान्छु,’ मोरङ बेलबारी,११ का गोविन्द बाँस्तोलाले छोराको उपचार गरिरहेका डाक्टरलाई भने, ‘अलि अलि हिंड्न पनि थाल्यो, बोल्छ पनि उतै लगेर औषधि खुवाउँदा हुन्छ होला नि ?’ गोविन्दको कुरालाई उपचारमा खटिएका डाक्टरले सिधैं अस्वीकार गरे।‘मेनेन्जाइटिस भनेको क्रिटिकल केस हो। हाम्रो निगरानीमा अझै ३÷४ दिन अस्पतालमै उपचार गराउनु पर्छ,’ डाक्टरको भनाई उद्र्त गर्दै गोविन्दले सुनाए। बुढीगंगा गाउँपालिका टंकिसिनुवारीस्थित विराट मेडिकल कलेजबाट गोविन्दले छोरालाई घर लैजान खोज्नुको कारण थियो, उनीसँग उपचारका लागि भएको खर्च अभाव। २० वर्षीय छोरा केदार बाँस्तोला मेनेन्जाइटिसले थला परेको १ हप्ता भयो। पढाइमा जेहेन्दार, काममा मेहनती र व्यवहारमा इमान्दार जेठो छोरा बिरामी हुँदाको पीडा एकातर्फ जीउभरी दाद निस्किएर १३ वर्षका कान्छा छोरा बालकृष्ण बाँस्तोला राम्ररी उभिन समेत नसक्ने समस्या अर्कातर्फ। अनि छोराहरुको उपचारका गर्नका लागि पैसा नहुँदाको समस्या अर्कातर्फ। समस्यै–समस्याको चाङले थिचिएका छन्, गोविन्द। त्यसमाथि श्रीमती समेत बिरामी छिन्। जेठो छोराको उपचारका क्रममा १ लाखभन्दा धेरै खर्च भइसकेको गोविन्दले बताए। उनीसँग आम्दानीको भरपर्दो स्रोत छैन। ‘गाउँलेले ऋण पत्याउन पनि छाडे। भएको घर बेचौं लालाबाला काहाँ लगेर राख्नु?’ गहभरी आँशु पार्दै गोविन्दले गुनासो गरे, ‘उपचार नगरी छोरो लैजाउँ मर्छ कि भन्ने पिर। उपचार गरौं पैसाको अभाव, मेरो भविष्य यही थियो, उसैलाई यस्तो भयो।’ गोविन्दले कहिले ढुंगा बोक्ने त कहिले गिट्टी कुट्ने गरेर छोरालाई कक्षा १२ सम्म पढाए। ‘मेरो दुःख बुझेरै होला छोराले पनि राम्रो पढेको थियो,’ उनले भने, ‘अब त कमाएर खुवाउला कि भनेको एक्कासी बिरामी भयो, जताततै ऋणै ऋणको भारी बोक्नुपर्‍‍यो।
गोविन्दले आफ्नो गुनासो विराट मेडिकल कलेजका व्यवस्थापक कृष्ण कँडेललाई सुनाएपछि कँडेलले घरका बिरामी श्रीमती र कान्छो छोरालाई पनि निःशुल्क उपचार गरिदिने बचन दिए। तर गोविन्द अझै सन्तुष्ट हुन सकेका छैनन्। ‘भन्दैमा निःशुल्क हुने हो र? अस्पतालले २ सयको बेडचार्ज निःशुल्क गर्छ, तर औषधि र ल्याबमा घरबार जानेगरी पैसा लिन्छ। ‘भो बरु जे–जे हुन्छ, उपचार गर्दिन, म सक्दिँन,’ उनले अड्डी कसे। अहिले पनि अस्पतालको फार्मेसीबाट लगेको औषधिको बिल ६० हजारको हाराहारीमा पुगेको गोविन्द बताउँछन्। यसबाहेक आइसियु चार्ज र अन्य चार्ज जोड्दा ८० हजार रुपैयाँको हाराहारीमा बिल पुग्ने उनको हिसाब छ। ‘नगद रकम दिएर बाहिरबाट औषधि किनेको र ल्याब टेस्ट गरेका बिलको हिसाब गर्ने हो भने १ लाखभन्दा धेरै खर्च भइसक्यो,’ उनले भने,‘छोरालाई उपचार नगराइ घर लैजाउँ कि जस्तो लाग्छ। छोराको उपचार गरौं कि नगरौं दोधारमा छु।’ अस्पतालमा बिल उठिरहेको छ। औषधिको बिल थपिरहेको छ। उनको थाप्लोमा ऋण पनि बढिरहेको छ। ‘तर के गर्नु छोराको ज्यान त बचाउँनै पर्‍‍यो। मन हुनेले केही सहयोग गर्नुभयो भने मेरो छोरो बाँच्ने थियो,’ उनले भने। यदी तपाई गोविन्द बाँस्तोलालाई सहयोग गर्न चाहनुहुन्छ भने उनको मोबाइल नम्बर ९८४२४५१७७९ मा सम्पर्क गर्न सक्नुहुन्छ।
August 29, 2017

About Author

Saroj Basnet Journalist from Urlabari, Nepal. He writes on every aspect of Journalism. A multi-talent person. Now editor at MeroUrlabari. He loves football n music.


Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टिम
संस्थापक: राजु लामा
प्रबन्धक निर्देशक: पूर्ण वाइबा
सम्पादक: सरोज बस्नेत
सल्लाहकार: विकास सुब्बा
संरक्षकः उर्लाबारी परिवार हङकङ
प्राविधिक सहयोग : NEPSOL
ABOUT MERO URLABARI

समृद्ध उर्लाबारी निर्माण हाम्रो अभियान

Email : letters@merourlabari.com
Address : Urlabari-2, Morang, Koshi, Nepal