Interview

वाइजोन इन्टरनेट हरेक बस्ती र घरमा पुर्याउँदैछौं–श्रेष्ठ

२१ औं शताब्दीसँगै जमाना सूचना प्रविधिको । सूचना प्रविधिमा आकर्षण ह्वात्तै बढेको छ । के शहर, के गाउँ, मानिसहरू सूचना प्रविधिमा मस्त छन् । सूचना प्रविधिको प्रयोगले विश्वलाई नै खुम्च्याएको छ । साथै यसले रोजगारीमासमेत आयाम ल्याएको छ । यसअघि रोजगारीकालागि युवाहरू विदेसिनुपर्ने बाध्यता थियो । तर, यतिबेला सूचना प्रविधिको प्रयोगबाट स्वदेशमै आम्दानीको गतिलो उदाहरण पेश गरेका छन् । मोरङ उर्लाबारीका युवा यसका प्रतिनिधि पात्रमात्र हुन् । पाँच बर्ष कोरियामा बसेर फर्किएका नविन श्रेष्ठ, सूचना प्रविधिको क्षेत्रमा केही गर्ने सोचका साथ उर्लाबारी–५ मा वाइजन इन्टरनेट कम्पनी सञ्चालनमा ल्याएका छन् । वाइजोन इन्टरनेटसँग सम्बन्धित रहेर प्रवन्धक निर्देशक श्रेष्ठसँग गरिएको कुराकारीको सारसंक्षेपः
वाइजोन इन्टरनेटका बारेमा बताइदिनुहोस् न ?
–हामीले उर्लाबारीलाई केन्द्रविन्दु बनाएर २०७३ सालमा वाइजोन इन्टरनेटको सुरुवात गरेका हौं । आम सर्वसाधारणलाई सर्वसुलभ तरिकाले इन्टरनेटको पहुँचमा पुर्याउने हाम्रो उद्देश्य हो । हरेक बस्ती र घरघरमा इन्टरनेट पुर्याउन हामी लागि परेका छौं ।
यो इन्टरनेटको सेवा विस्तार कहाँ–कहाँ पुर्याउनु भयो ? र, कति लगानीमा सुरु गर्नु भएको हो ?
–झापा, मोरङ र सुनसरीमा हामीले आफ्नो सेवा विस्तार गरिसकेका छौं । करिब दुई सय जनालाई प्रत्यक्ष रोजगारीसमेत प्रदान गरेका छौं । करिब ५ करोड रूपैयाँको लगानीमा सञ्चालित रहेको छ । अहिले २ सय ५० किलोमिटरभन्दा बढी अप्टिकल फाइवरमार्फत उच्च गुणस्तरको इन्टरनेट प्रदान गरिरहेका छौं ।
किन वाइजोन नै ग्राहकले रोज्ने ?
–हरेक सर्वसाधारणको पँहुजमा इन्टरनेट पुर्याउने हाम्रो अभियान छ । जसले गर्दा आम सर्वसाधारणहरुलाई सुलर्भ मूल्यमा उच्च स्तरीय इन्टरनेट प्रदान गरिरहेका छौं । त्यसअर्थमा पनि वाइजोन सबै ग्राहकहरुको रोजाई बन्छ भन्ने हाम्रो अपेक्षा छ । हामीले दिने सेवा उच्च गुणस्तरको छ । सस्तो पनि छ । हामीले प्रयोग गर्ने प्रविधि आधुनिक छ । इन्टरनेट सेवाको पहुँच सहज, भरपर्दाे र मितव्यापी बनाउने लक्ष्य पनि हामीले लिएका छौं । इन्टरनेट सेवा विस्तार गरी सूचना प्रविधिमा नमूना बनाउने हाम्रो अभियानमा आम सर्वसाधारणको साथ र सहयोग रहन्छ भन्ने अपेक्षा लिएका छौं ।
वाइजनको मुख्य बजार कुन हो ?
–हाम्रो बजार भनेको पूर्व हो । हामीले पूर्वाञ्चलभरी नै वाइजोनको सेवा विस्तार गर्ने क्रममा छौं । हरेक सहरहरुमा, बाक्लो बस्ती भएका गाउँहरुमा, हरेक नगरपालिका, गाउँ पालिकामा पुग्ने हाम्रो लक्ष्य छ । अहिले नै हामीसँग ३ हजार भन्दा बढी ग्राहकहरु रहनु भएको छ । एक वर्षभित्रै १० हजार ग्राहक बनाउने योजनामा छौं । हामी ५ वर्षभित्र १ लाख ग्राहक बनाउने योजनामा छौं ।
वाइजोनकोे क्वालिटीप्रति ग्राहकहरुको धेरै गुनासो सुनिन्छ, किन ?
–तपाईले भने जस्तो ग्राहकको धेरै गुनासो छैन । अहिले प्राविधिक रुपमा क्वालिटी धेरै राम्रो छ । हामीले विश्वकै उत्कृष्ट जिपन प्रविधिलाई प्रयोगमा ल्याएका छौं । कुनै पनि समस्या समाधान गर्न २४ घण्टे कल सेन्टर स्थापना गरेका छौं । त्यसैगरी समस्या आएमा टेक्निकल टिम पनि राखेका छौं । वाइजोनको क्वालिटी सबैभन्दा राम्रो छ अहिले । हामी बजार विस्तारसँगै ब्राण्ड इमेज पनि राम्रो बनाउँदै छौं ।

August 28, 2017

About Author

Saroj Basnet Journalist from Urlabari, Nepal. He writes on every aspect of Journalism. A multi-talent person. Now editor at MeroUrlabari. He loves football n music.


Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टिम
संस्थापक: राजु लामा
प्रबन्धक निर्देशक: पूर्ण वाइबा
सम्पादक: सरोज बस्नेत
सल्लाहकार: विकास सुब्बा
संरक्षकः उर्लाबारी परिवार हङकङ
प्राविधिक सहयोग : NEPSOL
ABOUT MERO URLABARI

समृद्ध उर्लाबारी निर्माण हाम्रो अभियान

Email : letters@merourlabari.com
Address : Urlabari-2, Morang, Koshi, Nepal