Sports

छ बर्षदेखि उर्लाबारीमा कराँते प्रतियोगिता हुन सकेन

 

उर्लाबारी – पूर्वी मोरङमा कराँतेको क्रेज बढेपनि सरोकार निकायले ध्यान नदिँदा छ बर्षदेखि मोरङको उर्लाबारीमा कराँते प्रतियोगिता हुन सकेको छैन ।
२०६८ सालमा उर्लाबारीमा पूर्वाञ्चल स्तरीय कराँते प्रतियोगिता भएयता कुनै प्रतियोगिता हुन नसकेको हो । कराँते प्रतियोगितालाई सम्बन्धित निकायले सहयोग नगरेकै कारण प्रतियोगिता हुन नसकेको कराँते प्रशिक्षक तथा थर्ड डन मानबहादुर थोप्रा लिम्बूले गुनासो गरेका छन् । उर्लाबारी कराँते खेलाडीहरुको उर्वरभूमि बनेपनि प्रतियोगिता नहुँदा पलायन हुने क्रम बढेको उनको भनाई छ ।

स्थानीय तहको निर्वाचतसँगै कराँते प्रतियोगिता सञ्चालनमा सहयोग हुने आशा पलाएको उनी बताउँछन् । स्वास्थ्य तन्दुरूस्ती राख्नाका लागि साथै स्वदेश– विदेशमा सेना र प्रहरी, चौकीदार, बन्सर आदिका रुपमा काम गर्न सितेरियो कराँते सिकेका खेलाडीलाई बढी फाइदा हुने नेपाल सितेरियो कराँते संक उर्लाबारीका प्रशिक्षकसमेत रहेका लिम्बूको भनाई छ ।

इमान्दार, कर्तव्यनिष्ठ, अनुशासित, गुरुचेलाबीच सुमधुर सम्बन्ध कायम राख्नका लागि समेत कराँते खेल बढी उत्तम रहेको प्रशिक्षक थोप्रा बताउँछन् । विसं २०४६ मा धनकुटामा तालिम लिई हाल उर्लाबारी–४ निवासी प्रशिक्षक लिम्बूले पूर्वी मोरङका उर्लाबारी, पथरी, राजघाट, मधुमल्ला, टाँडी र सिजुवासम्म पुगेर कराँतेप्रति विद्यार्थीलाई आकर्षित गर्दै तालिम दिँदै आएका छन् । अहिले उर्लाबारी–७ को पशुपति बोर्डिङ, उर्लाबारी–४ आइतबारेको सेन्ट स्टेफेन्स बोर्डिङ, पथरीको एभरेस्ट बोर्डिङलगायत बोर्डिङका विद्यार्थीलाई कराँते प्रशिक्षण दिइएको छ । दुई दशक बढी समय कराँते खेलमा सक्रिय प्रशिक्षक लिम्बूले हालसम्म ५० जनाभन्दा बढीलाई ब्लाक बेल्ट गराइसकेका छन् ।

कतार र साउदी जस्ता देश घुमफिर गरी विदेशको समेत अनुभव सँगालेका प्रशिक्षक लिम्बू कराँतेका राष्ट्रिय रेफ्रीसमेत हुन् । यस्तै देशविदेशमा भएका कराँते खेलमा भाग लिएर निर्णायक तहमा काम गरेको उनीसँग अनुभव छ । उर्लाबारी नगरस्तरीय खेलकुद विकास समितिका सदस्यलगायत आधा दर्जन बढी सामाजिक संघसंस्थामा आबद्ध उनी कराँते खेलबाट मानिसको व्यक्तिगत विकासका साथै शारीरिक, बौद्धिक क्षमताको विकास हुने बताउँछन् । प्रशिक्षक लिम्बूको डोजोले पूर्वका विभिन्न स्थानमा भएका कराँते प्रतियोगितामा सहभागी भएर उत्कृष्ट स्थान हात पार्दै आएको छ । कराँतेबाट पूर्ण सन्तुष्ट देखिए पनि राज्यले सहयोग नगरेको कारण यस क्षेत्रबाटै पलायन हुने अवस्था रहेको लिम्बूको भनाई छ । निरन्तर रुपमा लागे जुनसुकै खेलबाट पनि सफल हुन सकिने उनको धारणा छ ।

August 23, 2017

About Author

Saroj Basnet Journalist from Urlabari, Nepal. He writes on every aspect of Journalism. A multi-talent person. Now editor at MeroUrlabari. He loves football n music.


Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टिम
संस्थापक: राजु लामा
प्रबन्धक निर्देशक: पूर्ण वाइबा
सम्पादक: सरोज बस्नेत
सल्लाहकार: विकास सुब्बा
संरक्षकः उर्लाबारी परिवार हङकङ
प्राविधिक सहयोग : NEPSOL
ABOUT MERO URLABARI

समृद्ध उर्लाबारी निर्माण हाम्रो अभियान

Email : letters@merourlabari.com
Address : Urlabari-2, Morang, Koshi, Nepal