Politics

विकासमा राजनीति नगर्न मेयरको आग्रह

उर्लाबारीःउर्लाबारी नगरपालिकाका नगर प्रमुख खड्ग फागोले नगरको विकासमा राजनीति नगर्न सबैमा आग्रह गरेका छन् । उनले हरेक क्षेत्रमा राजनीति गर्ने संस्कारले नगरको विकासमा बाधा पुगेको बताउँछन् ।
प्राइम एफ.एम. प्रालिले मंगलबार बिहान आयोजना गरेको नगर प्रमुख एवम् उपप्रमुख सम्मान् कार्यक्रममा बोल्दै उनले फोहोर उठाउन नपाउँदा नगर दुर्गन्धित हुँदै गएकोप्रति सरोकारवालाको ध्यानाकर्षण गर्दै व्यवस्थित डम्पिङ साइड निर्माण नहुँदासम्म फोहोर व्यवस्थापनका लागि सहयोग गर्न आग्रह समेत गरेका छन् । उनले फोहोर व्यवस्थापनका लागि जग्गाको व्यवस्थापन गर्दा केही व्यक्तिले राजनीतिक हिसाबमा सफल गर्न नदिएको आरोप लगाएका छन् । उनले फोहोर, विद्यालय एवं विकास निर्माणमा गरिने राजनीतिले नगरको विकास नहुनेमा ध्यान दिन आग्रह गरेका छन् । । नगरप्रमुख फागोले नगरको विकास नचाहने केही व्यक्ति सक्रिय भएर लागेकोले उनीहरुलाई कन्ट्रोल गर्नैपर्ने अवस्था आएको समेत बताएका छन् । उनले नगरवासीलाई स्थानीय सरकारको अनुभूति हुने गरि काम सुरु गर्ने उद्घोष समेत गरेका छन् । ‘स्थानीय निकायजस्तो होइन । म स्थानीय सरकार नै चलाउछु’ उनले भने,‘हामीलाई २७ वटा अधिकार दिएका छन् । यी सबै अधिकारको प्रयोग गनै मैले स्थानीय सरकार चलाउनै पर्ने भयो ।’ उनले स्थानीय सरकारलाई कडा रुपमा अघि बढाए उर्लाबारीको विकास सम्भव रहेको टिप्पणी गरेका छन् । यस्तै उपप्रमुख लक्ष्मीदेवी भण्डारीले नगरको विकाशका लागि मिडियाको भूमिका महत्वपूर्ण हुने बताएका छन् । उनले नगरको विकाशलागि राज्यको चौथो अंग भनिएको मिडियाले खबरदारी गर्न आवश्यक रहेको बताएका छन् । यसैबीच प्राइम एफ.एम. प्रा.लि.ले उर्लाबारी नगरपालिकाका नगर प्रमुख र उपप्रमुखलाई सम्मान गरेको छ । नगर प्रमुख र उपप्रमुखले एफ.एम.को अवलोकन समेत गर्नुभएको थियो । प्रालिका अध्यक्ष सुरज धिमालले नगरको विकाशका लागि स्थानीय सरकारलाई एफ.एम.ले सदैब सहयोग पुर्याउने बताएका छन् ।

August 22, 2017

About Author

Saroj Basnet Journalist from Urlabari, Nepal. He writes on every aspect of Journalism. A multi-talent person. Now editor at MeroUrlabari. He loves football n music.


Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टिम
संस्थापक: राजु लामा
प्रबन्धक निर्देशक: पूर्ण वाइबा
सम्पादक: सरोज बस्नेत
सल्लाहकार: विकास सुब्बा
संरक्षकः उर्लाबारी परिवार हङकङ
प्राविधिक सहयोग : NEPSOL
ABOUT MERO URLABARI

समृद्ध उर्लाबारी निर्माण हाम्रो अभियान

Email : letters@merourlabari.com
Address : Urlabari-2, Morang, Koshi, Nepal