Sports

दौडको उपाधि राई र तिम्सिनालाई

उर्लाबारी:सामुदायिक विकास मञ्च उर्लाबारीले आयोजना गरेको दौैड प्रतियोगितामा मिक्लाजुङ–७का याङदेव राई प्रथम भएका छन् । स्वास्थ्यका लागि खेलकुद भन्ने मूल नाराका साथ आयोजना गरिएको दौड प्रतियोगितामा दमक–२का लक्षमण अधिकारी दोस्रो र उर्लाबारी–६का राजकुमार राईले तेस्रो स्थान हासिल गर्न सफल भए । प्रतियोगितामा प्रथम,दोस्रो र तेस्रोहुनेहरुलाई क्रमशःतीन हजार,दुई हजार र एक हजार नगद सहित प्रमाणपत्र र मेडल प्राप्त गरे ।
महिलातर्फ उर्लाबारी–६की एलिसा तिम्सिना प्रथम भइन् । उर्लाबारी–५की विमला वास्तोला दोस्रो र उर्लाबारी–६की पुजा ढकाल तेस्रो भइन् ।
प्रतियोगिताका विजयीहरुलाई कार्र्यक्रममा प्रमुख अतिथी समेत रहेका उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले प्रमाण–पत्र तथा नगद प्रदान गरेका थिए ।
यसैबीच सामुदायिक विकास मञ्च उर्लाबारीको आप्mनो कार्यालय भवनको पनि शनिबार नै उद्घाटन  भएको छ । नगर प्रमुख फागोले मञ्चको उर्लाबारी–६ स्थित कार्यालय उद्घाटन गरे थिए ।
प्रतियोगितामा ८० जनाले सहभागिता जनाएको सामुदायिक विकास मञ्च उर्लाबारीका काषाध्यक्ष एवं दौड कार्यक्रम संयोजक प्रभु राईले जानकारी दिए ।
कार्यक्रममा वडा नम्बर ६का वडाध्यक्ष चिन्तामणि पौडेल,विभिन्न वडाका जनप्रतिनिधि,स्थानीयवासी, समाजसेवा लगायतको उपस्थिती रहेको थियो ।

August 20, 2017

About Author

Saroj Basnet Journalist from Urlabari, Nepal. He writes on every aspect of Journalism. A multi-talent person. Now editor at MeroUrlabari. He loves football n music.


Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टिम
संस्थापक: राजु लामा
प्रबन्धक निर्देशक: पूर्ण वाइबा
सम्पादक: सरोज बस्नेत
सल्लाहकार: विकास सुब्बा
संरक्षकः उर्लाबारी परिवार हङकङ
प्राविधिक सहयोग : NEPSOL
ABOUT MERO URLABARI

समृद्ध उर्लाबारी निर्माण हाम्रो अभियान

Email : letters@merourlabari.com
Address : Urlabari-2, Morang, Koshi, Nepal