Health

मृर्गौला रोगी मन्जुलाई उर्लाबारी हङकङ परिवारको सहयोग

उर्लाबारीः दुवै मृगौला विग्रीएर जिवन र मरणको दोसाधमा रहेकी उर्लाबारी—६ कि २७ बर्षीया मन्जु धिमाललाई बिहीबार उर्लाबारी परिवार हङकङले आर्थिक सहयोग गरेको छ ।
मन्जुको उपचारमा सहयोगार्थ हङकङमा रहेका नेपालीहरुले संकलन गरेको २ लाख ८१ हजार रुपैंया बिहिवार विरामीको परिवारलाई हस्तान्तरण गरिएको छ ।
उर्लाबारी हङकङ परिवारका अध्यक्ष बिकास सुब्बाूले उक्त रकम मन्जुको आमा हेलेन धिमाललाई हस्तान्तरण गरेका छन् । हस्तान्तरण कार्यक्रममा सञ्चार क्लव नेपालका अध्यक्ष घनश्याम भण्डारी, मन्जुको उपचारमा अगुवाई गर्ने युवाहरु असोक जगेबु,रोसन धिमाल, बिकल राई, सञ्चारकर्मी सरोज बस्नेत लगायतको उपस्थिती रहेको थियो ।
हङकङमा उर्लाबारी हङकङ परिवारका अध्यक्ष लिम्बूसहित सुस्मा वाईवा, लिलम भुजेल, प्रेमरोज राई, जितेन चोङबाङलगायतले त्यहाँ रहेका नेपाली दाजुभाईसँग आर्थिक संकलन गरेका थिए ।
आर्थिक अभावमा उपचारमा समस्या भएको खबर बिभिन्न सञ्चारमाध्यमबाट थाहा पाएपछि सहयोग संकलन गरेर गाउँको चेलीलाई सहयोग गरिएको अध्यक्ष बिकास लिम्बूले बताएका छन् । सोही कार्यक्रममा अध्यक्ष लिम्बूको बैनी सफलता लिम्बूले पनि १० हजार रुपैंया बिरामीको परिवारलाई सहयोग गरेकी छिन् । उक्त रकम पनि हस्तान्तरण गरिएको छ ।
हालसम्म बिभिन्न संघसंस्था तथा सहयोगीदाताबाट ९ लाख बढी सहयोग जुटेको र विरामीको उपचारमा सहजता हुँदै गएको मन्जु धिमाल बचाउ अभियानमा सक्रिय लागेका सञ्चारकर्मी घनश्याम भण्डारीले बताएका छन् ।
मन्जुकी आमा हेलेन धिमालले आर्थिक अभावमा छोरीको उपचारमा समस्या भईरहेको बेला सहयोग गर्ने दातालाई धन्यवाद ज्ञापन गरिन् ।
तपाईको सहयोगले छोरीले नयाँ जिवन पाउने आशा पलाएको छ,आमा धिमालले भनिन्‘तपाईहरुको यो गुन कैले तिर्न सक्दिन् । उनले सहयोगीदातालाई भगवान सम्झिएको बताईन् । हाल मन्जुको उपचार मावन अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा उपचार भईरहेको छ । धिमाल दुवै मिर्गाैला फेलभएपछि उनी र उनको परिवार उपचारका सहयोगको लागि भौतारी रहेको थियो । ६ महिना अघि श्रीमानको मृत्यु भएपछि दैनिक गुजारा गर्न समेत सकस परिरहेकै अवस्थामा मिर्गाैलामा खराबी देखिएपछि मञ्जु माथी थप पीडा थपिएको छ । नावालक दुई सन्तानकी आमा समेत रहेकी मञ्जुलाई उपचार खर्च जुटाउन र लालाबालाको पालनपोषण गर्न यतिबेला धौधौ परेको छ । आफ्ना लागी भन्दा पनि सन्तानका लागी जिवन जीउने आशा अझै रहेकाले सबैसँग सहयोगको याचना गर्दै उनले भनेकि छिन्—‘मलाई मेरा सन्तानका निम्ति भएपनि मलाई बाँच्नु छ, मलाई केही भए मेरा सन्तान टुहुरा हुन्छन्, सबैको सहयोगको आसा राखेको छु ।’

August 17, 2017

About Author

Saroj Basnet Journalist from Urlabari, Nepal. He writes on every aspect of Journalism. A multi-talent person. Now editor at MeroUrlabari. He loves football n music.


Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टिम
संस्थापक: राजु लामा
प्रबन्धक निर्देशक: पूर्ण वाइबा
सम्पादक: सरोज बस्नेत
सल्लाहकार: विकास सुब्बा
संरक्षकः उर्लाबारी परिवार हङकङ
प्राविधिक सहयोग : NEPSOL
ABOUT MERO URLABARI

समृद्ध उर्लाबारी निर्माण हाम्रो अभियान

Email : letters@merourlabari.com
Address : Urlabari-2, Morang, Koshi, Nepal