Agriculture

लेटाङमा अर्गानिक खेतीबारे अन्तरक्रिया

गोपाल काफ्ले पथरी । रासायनिक मलका कारण बजारमा बिषादी युक्त तरकारी तथा खानेकुरा पाइरहेको कारण यसले मानव स्वास्थ्यमा असर पारिरहेको लेटाङ नगरपालिकामा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।

सोमबार मोरङको लेटाङ नगरपालिकाको सभाहलमा अर्गानिक संसार नेपाल मोरङले आयोजना गरेको प्रांगारिक उत्पादन,बजारिकरण अन्तरक्रिया तथा जनचेतना अभियान विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै बक्ताहरुले सो कुरा बताएका हुन् । अन्तरक्रियाको सहजिकरण गर्दै उचित जैविक मल उद्योगका प्रमुख कृष्णचन्द्र महर्जनले अर्यानिक खेतीले मात्र स्वच्छ र विसादीमुक्त खानेकुरा खान सकिने बताएका छन् । अहिले बिसादीयुक्त खानेकुराले मानव स्वास्थ्यमा असर पुरियाएरहेको र सचेत नुहुने हो भने पछि यस्ले ठुला रोगहरु नित्याउने उनको भनाई थियो । उनले अर्गानिक खेती र जैविक मलको बारेमा समेत सहभागीहरु किसानहरुलाई जानकारी गराएका थिए । ९५ जना किसानहरुको सहभागिता रहेको उक्त कार्यक्रममा किसानहरुले अर्गानिक खेतीबाट उत्पादन भएका अन्नवाली तथा तरकारीले राम्रो बजार नपाउँदा लगानी डुब्ने चिन्ता प्रकट गरे ।

विचौलियाको कारण उत्पादन भएका खाद्यबस्तुले उचित मुल्य पाउन नसकेको उनीहरुको भनाई थियो । सबै किसान समक्ष अर्गानिक खेतीको महत्व बुझाउन सिप तथा तालिमहरुको कार्यक्रमहरु ल्याउन नगरपालिकालाई अनुरोध गरे । उनीहरुले सरकारले उपलब्ध गराउने ऋण ठुला ठाउकाँ र पहुँचवालाले मात्र पाउने गरेको कारण गाम्रीण क्षेत्रका किसानहरुले सुविधा पाउन नसकेको गुनासो व्यक्त गरे । कार्यक्रमका प्रमुख अतिथी लेटाङभोगटेनी नगरपालिकाका मेयर शंकर राईले किसानहरुले आफ्नो समिति गठन गरेर बिभिन्न योजनाहरु सहित कार्यक्रम लिएर आए आफु र नगरपालिकाले पनि सहयोग गर्न तत्पर रहने बताए ।

August 8, 2017

About Author

Saroj Basnet Journalist from Urlabari, Nepal. He writes on every aspect of Journalism. A multi-talent person. Now editor at MeroUrlabari. He loves football n music.


Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टिम
संस्थापक: राजु लामा
प्रबन्धक निर्देशक: पूर्ण वाइबा
सम्पादक: सरोज बस्नेत
सल्लाहकार: विकास सुब्बा
संरक्षकः उर्लाबारी परिवार हङकङ
प्राविधिक सहयोग : NEPSOL
ABOUT MERO URLABARI

समृद्ध उर्लाबारी निर्माण हाम्रो अभियान

Email : letters@merourlabari.com
Address : Urlabari-2, Morang, Koshi, Nepal