Interview

‘उपाधि जितेर होइन, काम गरेर ठूलो बन्न सकिन्छ’

निरुमा थापा मिस टिन उर्लाबारीकी विजेता हुन् । मोरङको उर्लाबारी–७ की १८ बर्षीया यी सुन्दरी नेपाल दर्शन कजेल कक्षा १२ मा अध्ययरत छिन् । गायनमा विशेष रुची राख्ने उनी भबिष्यमा मोडलिङसँगै गायनमा स्थापित हुने सोचाईमा छिन् । ५ फिट ४ इन्च अग्ली निरुमासँग गरिएका पाँच प्रश्न ः
मिस टिन उर्लाबारीको ताज जित्दा कस्तो महशुस गर्नु भयो ?
–धेरै खुशी भएँ । हामी २३ जना प्रतिष्पर्धीहरु मिस टिन उर्लाबारीको ताज जित्न कडा मेहेनत गरेका थियौं । जसमा म त्यो ताज जित्न सफल बने । यो उपाधि जित्नु मेरो लागि ठूलै उपलब्धि हो भन्ने मैले ठानेकी छु ।
मिस टिन उर्लाबारी भएपछि जीवनमा के परिवर्तन आयो त ?
–हिजो म सामान्य युवती थिएँ, आज यो प्रतियोगिताले धेरैमाझ चिनाएकोे छ । तर, म आफैं हिजो जस्ती थिएँ उस्तै छु भन्ने महशुस गर्छु । उपाधि जितेर होइन, काम गरेर ठूलो बन्न सकिन्छ । यति हो, उपाधिले पहिचान बनाउन सघाउँछ ।
सुन्दरी प्रतियोगिता जित्नेहरू मोडलिङ क्षेत्रतिर आउँछन्, तपाईंको के विचार छ ?
– म अहिले अध्ययन गर्दैछु । गायनमा मेरो सानैदेखि रुची छ । भबिष्यमा गायनसँगै मोडलिङमा स्थापित हुने सोचाई बनाएको छु ।
तपाईको जीवनको उद्देश्य चाँही के हो ?
–गायन । गायन क्षेत्रमा मलाई स्थापित हुने इच्छा छ । साथै समाजसेवाको क्षेत्रमा पनि केही गर्ने मन छ ।
फुर्सदमा के गर्नुहुन्छ ?
–साथीहरुसँग घुमफिर गर्ने, टिभी हेर्ने, फेशबुकमा साथीहरुसँग कुराकानी गर्ने ।
तपाईलाई आफू कतिको राम्री छु भन्ने लाग्छ ?
–सबै मान्छेको हेराई एउटै हुन्छ भन्ने हुँदैन । तसर्थ म धेरै राम्री छु भन्ने पनि लाग्दैन । म जस्तो छु, त्यसैमा खुशी छु ।

तस्बीरः सरोज श्रेष्ठ

August 7, 2017

About Author

Saroj Basnet Journalist from Urlabari, Nepal. He writes on every aspect of Journalism. A multi-talent person. Now editor at MeroUrlabari. He loves football n music.


Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टिम
संस्थापक: राजु लामा
प्रबन्धक निर्देशक: पूर्ण वाइबा
सम्पादक: सरोज बस्नेत
सल्लाहकार: विकास सुब्बा
संरक्षकः उर्लाबारी परिवार हङकङ
प्राविधिक सहयोग : NEPSOL
ABOUT MERO URLABARI

समृद्ध उर्लाबारी निर्माण हाम्रो अभियान

Email : letters@merourlabari.com
Address : Urlabari-2, Morang, Koshi, Nepal