Agriculture

मत्स्य विकासको कृषि समूह

उर्लाबारीःमोरङको पथरीशनिश्चरे २ स्थित मत्स्य विकास समृद्धि बहुउद्धेश्यीय सहकारी संस्थाले कृषि अभिमुखिकरण तथा समूह गठन गर्दै व्यवसायिक कृषि क्षेत्रको विकासको अभियान थालेको छ । कार्यक्रममा, युवा व्यवसायी सर्वलाल राईले मत्स्य पालन, गाइपालन र कुखुरा पालन सम्बन्धि प्रशिक्षण प्रदान गर्नुभयो । आधुनिक तथा अग्र्यानिक कृषि प्रणाली आजको आवश्यकता भएकाले समूह गठन गरी सोही प्रकारको गतिविधि बढाउन संस्था लागि परेको सहकारीका अध्यक्ष सुवास राई (सन्तोष)ले जनाउनु भयो ।
डुम्रे टोल सुधार समिति अध्यक्ष शंकर थपलियाले यसखाले गतिविधिले कृषिलाई आधुनिक र अग्र्यानिक बनाउन ठूलो मद्धत पुग्ने उल्लेख गर्नुभयो । सो अवसरमा, खेमराज गौतमको संयोजकत्वमा १५ सदस्यीय मत्स्य कृषि विकास समूह मंगलबारे गठन गरिएको छ ।

August 6, 2017

About Author

Saroj Basnet Journalist from Urlabari, Nepal. He writes on every aspect of Journalism. A multi-talent person. Now editor at MeroUrlabari. He loves football n music.


Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टिम
संस्थापक: राजु लामा
प्रबन्धक निर्देशक: पूर्ण वाइबा
सम्पादक: सरोज बस्नेत
सल्लाहकार: विकास सुब्बा
संरक्षकः उर्लाबारी परिवार हङकङ
प्राविधिक सहयोग : NEPSOL
ABOUT MERO URLABARI

समृद्ध उर्लाबारी निर्माण हाम्रो अभियान

Email : letters@merourlabari.com
Address : Urlabari-2, Morang, Koshi, Nepal