पूर्वाञ्चल बौद्ध गुम्बा

Purwanchal Boudha Gumba- Urlabari

Purwanchal Boudha Gumba- Urlabari

धार्मिक पर्यटीय क्षेत्रको रुपमा रहेको छ – पूर्वाञ्चल बौद्ध गुम्बा । सो गुम्बा मोरङको उर्लाबारीमा २०४६ सालमा स्थापना भएको हो । तत्कालिन समयमा महेन्द्रजग तामाङ, पर्शुराम तामाङ, किर्तिमान तामाङ, लामा चक्र बहादुर, नरबहादुर तामाङ , बम योनजन र हर्कबहादुर तामाङको अग्रसतामा गुम्बा निर्माण गरिएको थियो । २ कट्ठा जमिन क्षेत्रमा फैलिएको सो गुम्बा तीन तलाको ७० फिट लम्बाई र ४० फिट चौडाई रहेको छ । नेपाल सरकार र जनसहभागितामा सो गुम्बा निर्माण गरिएको थियो । गुम्बाका ६ फिट अग्लो र ३ सय केजीको असलअट धातुले बनेको बहुमल्य बुद्धको पूर्णकदको शालिक रहेको छ । थाईलनका राजा भूमिवल अबदुल्लाले ५० औँ जन्मजयन्त्रीको अवसरमा २०५२ सालमा उपहार दिएको हो । सो शालिकको अहिले २५ लाख भन्दा बढी पर्छ । गुम्बाको भौतिक लगायत सम्पूर्ण साम्रागी करिब १० करोड बराबरको रहेको छ । सो गुम्बामा जिल्ला शिक्षा कार्यालय मोरङको स्वीकृतमा १५ जनालाई लामा पढाउने गरिएको छ । लामा, बौद्ध धर्म लगायत सम्बधित पढाई हुने गरेको छ ।

लामा आचार्य र थुक्तेन साम्मोले उनीहरुलाई अध्धयापन गर्ने गरेका छन् । पूर्वाञ्चलमा ५० भन्दा बण्ी गुम्बा रहेका र नेपालमा १८ सय भन्दा बढी गुम्बा रहेको छ। गुम्बाको सभाहल अहिले सामुदायिक भबनको रुपमा समेत बिस्तार भईरहेको छ । ५ सय जनाको क्षमता भएको सो सभाहलमा उर्लाबारीका अधिकाश कार्यक्रम हुने गरेको छ । आन्तरिक र बाह्य पर्यटकहरुको लागि उपयुत्त स्थानको रुपमा गुम्बा रहेको छ। बौद्ध धर्मालम्बीहरुको मात्र नभई सबै धर्मालम्बीहरुको लागि उत्तिकै महत्वको गुम्बा रहेको छ । बुद्धको शालिक लगायत हर्न आन्तरिक तथा बाह्य पर्यटकहरु समेत आउने गरेको लामाहरु बताउँछन् । यस्ता धार्मिक पर्यटकीय स्थलहरुको उचित संरक्षर प्रचार प्रसार गर्ने हो भने पर्यटकहरुको लागि उत्कृष्ठ स्थान नहोला भन्न सकिदैन् ।

हाम्रो टिम
संस्थापक: राजु लामा
प्रबन्धक निर्देशक: पूर्ण वाइबा
सम्पादक: सरोज बस्नेत
सल्लाहकार: विकास सुब्बा
संरक्षकः उर्लाबारी परिवार हङकङ
प्राविधिक सहयोग : NEPSOL
ABOUT MERO URLABARI

समृद्ध उर्लाबारी निर्माण हाम्रो अभियान

Email : letters@merourlabari.com
Address : Urlabari-2, Morang, Koshi, Nepal